शनिबार , असार २१, २०८२
‘’प्रभाका चम्किला ताराहरु’’ पुस्तक लोकार्पण एवम् अभिनन्दन कार्यक्रम सम्पन्न – Yuwa Daily

काभ्रेपलाञ्चोक जिल्ला, चौरीदेउराली गाँउपालिका वडा नं. ६ मा अवस्थित प्रभा माविमा अध्ययन गरी देश तथा विदेशका विभिन्न विश्वविद्यालयबाट विद्याबारिधी उपाधि हासिल गर्ने ८ जना व्यक्तित्वहरुको जिवनीसहितको पुस्तक ‘प्रभाका चम्किला ताराहरु’ विमोचन गरिएको छ ।

शनिवार नेपाल प्रज्ञा प्रतिष्ठानको सिद्धिचरण हलमा आयोजित पुस्तक विमोचन तथा अभिनन्दन कार्यक्रममा पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डा. प्रेम नारायण अर्याल, जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दिपक गौतम, पूर्वराज्यमन्त्री तथा काभ्रेपलाञ्चोक प्रतिनिधीसभा क्षेत्र नं. १ का सांसद सुर्यमान दोङ, चौरीदेउराली गाँउपालिकाका अध्यक्ष रेणुका चौलागाई लगायतले ‘प्रभाका चम्किला ताराहरु’ पुस्तकको सयुक्तरुपमा विमोचन गरेका हुन् ।

प्रभा एलुम्नाईका अध्यक्ष गोकुल गौतमको सभापतित्वमा सम्पन्न कार्यक्रममा पुस्तकमा समेटिएका ८ व्यक्तित्वहरुलाई अभिनन्दनसमेत गरिएको थियो । सो अवसरमा प्रभा क्याम्पसका संस्थापक क्याम्पस प्रमुख बलराम कोइराला, पूर्वक्याम्पस प्रमुख चुडाप्रसाद चौलागाई तथा एसएलसी पहिलो व्याजका विद्यार्थी लोकनाथ गौतम र बिजय राज गिरीलाई सम्मान समेत गरिएको थियो ।

विमोचित पुस्तकमा प्रभा मा.वि.मा अध्ययन गरेर विद्यावारिधी हासिल गर्ने डा. टंक प्रसाद गौतम, डा. दिलिपकुमार गौतम, डा. रवीन्द्र राज गिरी, डा. नारायण प्रसाद चौलागाई, डा. संग्रामसिंह लामा, डा. खडगमान श्रेष्ठ, डा. नवराज गौतम र डा. ङेमादोर्जे लामाको प्रभा माविमा पढ्दा देखि विद्याबारिधि गर्दासम्मको पठनसंघर्ष र जिवनसंघर्ष समेटिएको छ ।

प्रभा अलुम्नाईका अध्यक्ष गोकुल गौतमले विकट गाँउको स्कुलमा अध्ययन गरेर पनि विभिन्न विषयमा विषयविज्ञता हासिल गरेर राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा ख्याती कमाउन सफल व्यक्तित्वहरुको संघर्ष र मेहनतबारे आउदो पीढिलाई बुझाउन र प्रेरणा दिन पुस्तक प्रकाशन गरिएको बताएका छन्  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

“सँगै सधैंका लागि”द्वारा मकैको खोस्टाबाट फूल बुके बनाउने ५-दिने तालिम सुरु – स्थानीय महिलाहरूको आत्मनिर्भरता अभिवृद्धि गर्दै

केही गर्नु छ देशका लागि गित बाट तेस्रो राष्ट्रिय संगीत अवार्ड २०८२मा श्रीकान्त राणा क्षेत्री सम्मानित

‘देवी माध्यमिक विद्यालय सिन्धुपाल्चोकमा ‘सगै सधैका लागि’ संस्थाद्वारा विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण

पढाइसँगै बहुप्रतिभाका धनी: SEE टपर प्रश्मिन चौलागाईं

“हामी बनाउँछौं हाम्रो वडा“:- चौरीदेउराली गाउँपालिका–६ कात्तिके देउरालीमा विकास अभियानको नयाँ चरण “

“मध्यपुर ठिमीमा माईन्युट लेखन र नेतृत्वविकास तालिम सुरु”


TOP