विद्यार्थी संगठन खारेजीबाट सरकार पछि नहट्ने प्रधानमन्त्री बालेन शाह ले विश्वविद्यालयबाट दलीय विद्यार्थी र कर्मचारी संगठन हटाउने अडान दोहोर्याएका छन्।
सिंहदरबारमा हिजो उपकुलपतिहरूसँग भएको छलफलमा उनले ६० दिनभित्र दलीय संरचना हटाई ९० दिनभित्र विद्यार्थी काउन्सिल गठन गर्न निर्देशन दिएका छन्।
प्रधानमन्त्री शाहले अस्पताल, क्याम्पस र विद्यालयजस्ता स्थानमा कुनै दलको झण्डा, प्रभाव वा संगठन स्वीकार्य नहुने स्पष्ट पारेकाछन् । राजनीति गर्ने भए जिम्मेवारी छोडेर खुला राजनीतिमा लाग्न उनले सन्देश दिएका छन् ।
संरचना हटाउन समस्या परे सरकारले सुरक्षा सहयोग गर्ने आश्वासन पनि दिएका छन्। साथै, शैक्षिक क्यालेन्डर पालना गर्न र परीक्षाको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न समेत निर्देशन दिइएको छ।









