आइतबार , कार्तिक २, २०८३
धना देवी चोखाल वरिष्ठ उपाध्यक्षमा निर्वाचित, निर्वाचन समितिसहित सबैप्रति आभार – Yuwa Daily

अत्तरिया उद्योग वाणिज्य संघको २०८३ असार २८ गते सम्पन्न निर्वाचनमा उद्योगतर्फ वरिष्ठ उपाध्यक्ष पदमा धना देवी चोखाल निर्वाचित भएकी छन्। निर्वाचन सभ्य, भव्य तथा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको भन्दै उनले सम्पूर्ण उद्योगी–व्यवसायी, मतदाता, निर्वाचन समिति, सुरक्षा निकाय तथा सञ्चारकर्मीप्रति हार्दिक आभार व्यक्त गरेकी छन्।

निर्वाचनमा उद्योगतर्फ वरिष्ठ उपाध्यक्ष पदमा धना देवी चोखालले ५९ मत प्राप्त गरी विजयी भएकी हुन् भने सोही पदमा सुशीला बोहराले ३४ र भीमा खड्काले ३७ मत प्राप्त गरेका थिए। यसअघि अध्यक्ष पदमा कमल कँडायत १९२ मतसहित निर्वाचित भएका छन्।

धना देवी चोखालले आफूलाई विश्वास गरेर मत प्रदान गर्ने सम्पूर्ण व्यवसायीप्रति धन्यवाद व्यक्त गर्दै संघलाई अझ सशक्त, व्यवसायमैत्री र समृद्ध संस्थाको रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेकी छन्।

उनले निर्वाचन सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने निर्वाचन समिति, प्रहरी प्रशासन, सञ्चारकर्मी तथा सहयोगी सबैप्रति विशेष धन्यवाद व्यक्त गरेकी छन्। साथै सम्पूर्ण पदाधिकारी, साथीभाइ, बुद्धिजीवी तथा उद्योगी–व्यवसायीसँग सहकार्य गर्दै अत्तरिया उद्योग वाणिज्य संघको उज्ज्वल भविष्य निर्माणमा निरन्तर लागिपर्ने बताएकी छन्।

निर्वाचन समितिप्रति धन्यवाद व्यक्त गर्दै चोखालले भनिन्, “सम्पूर्ण उद्योगी–व्यवसायीको उत्साहजनक सहभागिता र विश्वासले मलाई थप जिम्मेवार बनाएको छ। सबैको साथ, सहयोग र सुझावलाई आत्मसात गर्दै संस्थाको हितमा काम गर्नेछु।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

मार्तडीमा हिमालयन मस्क स्पोर्ट्स एकेडेमी सञ्चालनमा

१

निर्माण व्यवसायी संघ काभ्रेको अध्यक्षमा अकुर प्रसाद गौतम सर्वसम्मत निर्वाचित

२

तीज : परम्परा मात्रै होइन, बदलिँदो समाजको ऐना पनि हो

३

चौरीदेउराली–६ मा नयाँ बस्ती युवा समितिद्वारा भलिबल प्रतियोगिता आयोजना, प्रथम पुरस्कार १ लाख

४

४५ वर्षीय ओम प्रसाद गौतम सम्पर्कविहीन, खोजतलासका लागि सहयोगको अपिल

५

स्वास्थ्यमन्त्री निशा मेहता: आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहित बिदाको प्रस्ताव

६


TOP