मंगलबार , भाद्र २, २०८३
ज्वाला संग्रौलाको यथार्थ अभिव्यक्ति विपक्षीलाई भारी – Yuwa Daily

प्रतिनिधि सभाको बैठकमा रास्वपा सांसद ज्वाला संग्रौलाले विगतको राजनीतिक शासन, भ्रष्टाचार, बेथिति र अनियमिततामाथि कडा प्रश्न उठाइन्। उनले देशमा लामो समयदेखि जरा गाडेको राजनीतिक विकृति र त्यसकै परिणामस्वरूप जनतामा आक्रोश बढ्दै गएको विषयलाई संसदमा स्पष्ट रूपमा प्रस्तुत गरिन्।

संग्रौलाले विगतका सरकारका कामकारबाही र राजनीतिक नेतृत्वमाथि प्रश्न उठाउँदै देशलाई भ्रष्टाचार, बेथिति, अनियमितता र गुन्डाराजको क्यान्सरबाट मुक्त गर्नुपर्ने धारणा राखेकी थिइन्।

उनको अभिव्यक्तिपछि विपक्षी बेन्चका सांसदहरू उठेर विरोध जनाए। तर, संग्रौलाले उठाएका विषयहरू विगतको शासन र त्यसबाट सिर्जित समस्यासँग सम्बन्धित रहेको भन्दै आफ्नो अभिव्यक्तिमा अडिग रहिन्।

संग्रौलाले विगतका राजनीतिक घटनाक्रम, जनआन्दोलन तथा जेनजी पुस्ताको असन्तुष्टिलाई समेत जोड्दै नेतृत्वले जनताको आवाज को सुनुवार्य गर्दा पनि विपक्ष दल रुष्ट धए पछि उनले आफ्नो धारणा स्पष्ट रूपमा राखेकी थिर्ईन् ।

उनको अभिव्यक्ति विपक्षी दलका सांसदहरूलाई असहज र अपाच्य बने पनि उनले संसदमा जनताले भोग्दै आएको यथार्थ र राजनीतिक विकृतिमाथि प्रश्न उठाएको देखिन्छ। विरोध र हंगामाका बीच पनि संग्रौलाले आफ्नो धारणा स्पष्ट रूपमा राख्दै ‘सत्य र यथार्थ बोलेपछि विरोध हुनु स्वाभाविक हो’ भन्ने सन्देश दिएकी छन्।

संसदमा भएको उक्त घटनाले पुराना राजनीतिक दल र नयाँ राजनीतिक शक्तिबीचको राजनीतिक तथा वैचारिक संघर्ष अझै तीव्र हुँदै गएको संकेत गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

विदेशबाट फर्केर स्वदेशमै उद्यम, युवालाई प्रेरणा बन्दै श्रीमान तामाङ

ज्वाला संग्रौलाको यथार्थ अभिव्यक्ति विपक्षीलाई भारी

पत्रकार किशोर श्रेष्ठप्रति सांसद ज्वाला सङ्ग्रौलाको कडा चेतावनी : आरोप र प्रचारको नाममा पत्रकारिताको मर्यादा नाघ्न नहुने धारणा

रामेछापको पञ्चकन्या आधारभूत विद्यालयमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनको निर्णय कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोश

चौरिदेउरालीका समस्या समाधानमा सांसद चौलागाईको चासो, खानेपानीलाई उच्च प्राथमिकता

श्रीमान तामाङको अभियानमा विष्णुमान तामाङ बचाऔँ अभियानलाई रु. ३,३५,३४८ सहयोग


TOP