धुलिखेल। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काभ्रे जिल्ला समितिको आयोजनामा क्यान्डिडेट क्लब तथा पार्टीका विभिन्न विभागसम्बन्धी बैठक धुलिखेलमा सम्पन्न भएको छ।
बैठकमा जिल्ला कार्यसमिति, क्षेत्रीय कार्यसमिति तथा पालिका सभापतिहरूबीच छलफल भएको थियो। बैठकमा क्यान्डिडेट क्लबको भूमिका, पार्टीका विभिन्न विभागको कार्यसम्पादन, संगठनात्मक गतिविधि तथा जिल्ला, क्षेत्र र पालिकास्तरका समितिहरूबीचको समन्वयलगायत विषयमा छलफल गरिएको हो।



पार्टी संगठनलाई थप सुदृढ, व्यवस्थित र प्रभावकारी बनाउँदै आगामी निर्वाचनको तयारीलाई योजनाबद्ध रूपमा अघि बढाउने विषयमा बैठक केन्द्रित रहेको जनाइएको छ।
बैठकले संगठन विस्तार, जिम्मेवारीको प्रभावकारी कार्यान्वयन र आपसी सहकार्यलाई प्राथमिकता दिँदै पार्टीका गतिविधिलाई थप सक्रिय बनाउने अपेक्षा गरिएको छ।








