आइतबार , मंग्सिर १४, २०८३
नयाँ बस्ती खुला भलिबल प्रतियोगिता आजदेखि सुरु, १४ खेलमार्फत च्याम्पियनको टुङ्गो लाग्ने – Yuwa Daily

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–६ स्थित नयाँ बस्ती खेल मैदानमा ‘नयाँ बस्ती खुला भलिबल प्रतियोगिता–२०८३’ आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। नयाँ बस्ती युवा समिति (NBYC) को आयोजनामा सुरु भएको प्रतियोगिता ४ दिनसम्म सञ्चालन हुनेछ।

प्रतियोगिताका लागि आयोजकले सार्वजनिक गरेको खेल तालिकाअनुसार लिग चरण, क्वार्टरफाइनल, सेमिफाइनल हुँदै तेस्रो स्थान र फाइनलका खेल सञ्चालन हुनेछन्। तालिकामा कुल १४ खेल समावेश गरिएका छन्। प्रतियोगितामा विभिन्न टोलीबीच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिताको प्रथम पुरस्कार एक लाख रुपैयाँ, द्वितीय पुरस्कार ४० हजार रुपैयाँ र तृतीय पुरस्कार २० हजार रुपैयाँ रहेको छ। आकर्षक पुरस्कार राशिका कारण प्रतियोगितालाई खेलाडी तथा खेलप्रेमीले चासोका साथ हेरेका छन्।

“खेलकुद हाम्रो शान, स्वस्थ युवा हाम्रो अभियान” तथा “एकता, सद्भाव र खेलकुदका लागि” भन्ने मूल नारासहित आयोजना गरिएको प्रतियोगिताको उद्देश्य स्थानीय खेलकुदको विकास, युवाको प्रतिभा पहिचान र खेलाडीलाई प्रतिस्पर्धाको अवसर प्रदान गर्नु हो।

विभिन्न चुनौती र मेहनतका बीच प्रतियोगिता सञ्चालनमा ल्याइएको आयोजकले जनाएको छ। प्रतियोगिताले स्थानीय युवालाई खेलकुदमा सक्रिय बनाउनुका साथै आपसी एकता, सद्भाव र सामाजिक सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

नयाँ बस्ती युवा समितिले प्रतियोगिताका आगामी खेलहरूमा उपस्थित भई खेलाडीको हौसला बढाउन सम्पूर्ण खेलप्रेमी दर्शकलाई आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

चौरीदेउराली–६ मा नयाँ बस्ती युवा समितिद्वारा भलिबल प्रतियोगिता आयोजना, प्रथम पुरस्कार १ लाख

१

अछामका नौ स्थानीय तहमा सांसद टीका सङ्ग्रौलाद्वारा विकास योजनाको अनुगमन र जनगुनासो सङ्कलन

२

एलिनालाई बाँच्न देऊ : डिर्भोस भएकै कारण एलिनाले प्राणको भिख माग्नुपर्ने हो ?

३

नयाँ बस्ती खुला भलिबल प्रतियोगिता सम्पन्न, छेडा–१ प्रथम, महाभारत–२ उपविजेता

४

अछामका जलविद्युत आयोजना र कर्णाली नदी कटान नियन्त्रणबारे सांसद ज्वाला संग्रौलाले गरिन ऊर्जा मन्त्रीको ध्यानाकर्षण

५

‘हामी आउँदैछौँ’ अभियान लिएर रास्वपा काभ्रे भोलिबाट गाउँ–नगरमा

६


TOP