शुक्रबार , मंग्सिर ५, २०८३
माननीय ज्वाला सङ्रौलाको पहल : अछामका १० वटै पालिकामा टेलिफोन र फाइबर इन्टरनेट सेवा विस्तार गर्न मन्त्रीको ध्यानाकर्षण – Yuwa Daily

काठमाडौं। अछाम जिल्लाका १० वटै स्थानीय तहमा टेलिफोन नेटवर्क तथा फाइबर इन्टरनेट सेवा विस्तार गर्ने विषयमा सञ्चार तथा सूचना प्रविधिमन्त्रीसँग छलफल गरी ध्यानाकर्षण गराइएको छ।माननीय ज्वाला सङ्ग्रौलाले आज मन्त्रालयमा मन्त्रीज्यूसँग भेट गरी अछामका विभिन्न क्षेत्रमा देखिएको सञ्चार सेवाको समस्या समाधान गर्न तथा जिल्लाका सबै बस्तीमा भरपर्दो टेलिफोन र इन्टरनेट सेवा पुर्‍याउन आवश्यक पहलका लागि आग्रह गर्नुभएको हो।छलफलका क्रममा मन्त्रीज्यूले आगामी एक वर्षभित्र देशभर १ हजार ६ सय टेलिफोन टावर जडान गर्ने, नेपाल टेलिकमको सेवा क्षमता अभिवृद्धि गर्ने तथा सम्भव भएसम्म डेढ वर्षभित्र आवश्यक पूर्वाधार निर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। त्यसैगरी, अछाम जिल्लालाई प्राथमिकतामा राखेर आवश्यक काम अघि बढाउन मन्त्रीज्यूले नेपाल टेलिकमका वरिष्ठ इन्जिनियरलाई निर्देशनात्मक सुझावसमेत दिनुभएको सचिवालयले जनाएको छ। अछामको रामारोशनलगायत जिल्लाका दुर्गम तथा सञ्चार सुविधाबाट वञ्चित क्षेत्रहरूमा समेत गुणस्तरीय टेलिफोन र इन्टरनेट सेवा विस्तार गर्नुपर्नेमा सङ्ग्रौलाले जोड दिनुभएको छ।सञ्चार पहुँच नागरिकको अधिकार र विकासको आधार भएको उल्लेख गर्दै उहाँले अछामका कुनै पनि बस्ती सञ्चार सेवाबाट वञ्चित हुन नदिन निरन्तर पहल, समन्वय र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। ग्रामीण तथा दुर्गम बस्तीलाई डिजिटल पहुँचसँग जोड्ने यो पहलले अछामको शिक्षा, स्वास्थ्य, सूचना प्रवाह तथा समग्र विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

चौरीदेउराली–६ मा नयाँ बस्ती युवा समितिद्वारा भलिबल प्रतियोगिता आयोजना, प्रथम पुरस्कार १ लाख

१

अछामका नौ स्थानीय तहमा सांसद टीका सङ्ग्रौलाद्वारा विकास योजनाको अनुगमन र जनगुनासो सङ्कलन

२

एलिनालाई बाँच्न देऊ : डिर्भोस भएकै कारण एलिनाले प्राणको भिख माग्नुपर्ने हो ?

३

नयाँ बस्ती खुला भलिबल प्रतियोगिता सम्पन्न, छेडा–१ प्रथम, महाभारत–२ उपविजेता

४

‘हामी आउँदैछौँ’ अभियान लिएर रास्वपा काभ्रे भोलिबाट गाउँ–नगरमा

५

सुकुमवासी र अव्यवस्थित बसोबासी समस्या समाधान गर्न कानुनी अड्चन हट्यो : मन्त्री रावल

६


TOP