आइतबार , साउन १०, २०८३
चौरिदेउरालीका समस्या समाधानमा सांसद चौलागाईको चासो, खानेपानीलाई उच्च प्राथमिकता – Yuwa Daily

काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य मधुकुमार चौलागाईले चौरिदेउराली गाउँपालिका–१ र २ का स्थानीय नागरिकले वर्षौंदेखि भोग्दै आएका समस्या समाधानका लागि स्थलगत अनुगमन गर्नुभएको छ। अनुगमनका क्रममा भालुखोला ड्याम, कोईली बगर लगायतका सिँचाइ तथा पूर्वाधार आयोजनाको अवस्था र प्रगतिबारे समेत अनुगमन गर्नु भएको छ ।

अनुगमनमा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, काभ्रेपलाञ्चोकका प्रमुख राजकुमार तन्धुकारको नेतृत्वमा रहेको प्राविधिक टोली, पाँचचखालस्थित ऊर्जा कार्यालयका दीपक सापकोटा, सिँचाइ कार्यालयका प्रतिनिधि, पत्रकार, स्थानीय जनप्रतिनिधि तथा नेता–कार्यकर्ताको सहभागिता रहेको थियो।

स्थानीयवासीले विशेषगरी खानेपानीको समस्या चौरिदेउरालीको सबैभन्दा ठूलो चुनौतीका रूपमा रहेको भन्दै वर्षै देखी सरकार समक्ष गुहारी रहेका थिए । यसको दीर्घकालीन समाधानका लागि प्रभावकारी पहल गर्न आग्रह पनि गर्दै हाएका थिए। वर्षौंदेखि उठ्दै आएको यस समस्याबारे स्थानीयको गुनासो र सुझाव सुनेपछि सांसद चौलागाईले खानेपानी व्यवस्थापनलाई आफ्नो प्राथमिकतामा राख्दै सम्बन्धित मन्त्रालय र निकायसँग निरन्तर समन्वय र पहल गर्दै आएको बताउनुभएको छ ।

 

उहाँले भालुखोला ड्याम, कोईली बगर लगायतका योजनाको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक समन्वयलाई थप सशक्त बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, स्थानीयको आवश्यकता र मागका आधारमा विकास आयोजना अघि बढाउँदै आधारभूत सेवा–सुविधामा नागरिकको पहुँच सुनिश्चित गर्न आफू निरन्तर सक्रिय रहने विश्वास दिलाउनुभएको छ ।

स्थलगत अनुगमनका क्रममा स्थानीयवासीले विकास निर्माणसँगै खानेपानी, सिँचाइ तथा अन्य पूर्वाधारका कामलाई शीघ्र अघि बढाउन माग गरेका थिए। सांसद चौलागाईले ती मागलाई सम्बन्धित निकायसम्म पुर्‍याई आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ।

तस्बिरहरु

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

विदेशबाट फर्केर स्वदेशमै उद्यम, युवालाई प्रेरणा बन्दै श्रीमान तामाङ

रामेछापको पञ्चकन्या आधारभूत विद्यालयमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनको निर्णय कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोश

आज राति उठ्नुहोस् भो लि  सम्बन्धित निकाय सग समन्वय गर्दिन्छु भन्दा मानेनन् पीडित, सिंहदरबारको गेटमै धर्ना जारी

चौरिदेउरालीका समस्या समाधानमा सांसद चौलागाईको चासो, खानेपानीलाई उच्च प्राथमिकता

मिस नेपाल २०२६ मा सबैको ध्यान खिच्दै विभुषा बस्नेत, किन विशेष छिन् प्रतियोगी नम्बर १९?

मन्त्रि प्रतिभा रावल झापाको बुद्धशान्तीमा ५ परिवारलाई लालपुर्जा वितरण,५ अव्यवस्थित परिवारलाई लालपुर्जा वितरण


TOP