शनिबार , कार्तिक १, २०८३
नयाँ बस्ती खुला भलिबल प्रतियोगिता सम्पन्न, छेडा–१ प्रथम, महाभारत–२ उपविजेता – Yuwa Daily

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–६ स्थित नयाँ बस्ती खेल मैदानमा सञ्चालन भएको ‘नयाँ बस्ती खुला भलिबल प्रतियोगिता–२०८३’ सम्पन्न भएको छ। नयाँ बस्ती युवा समिति (NBYC) को आयोजनामा भएको प्रतियोगितामा छेडा ले प्रथम स्थान हासिल गरेको छ भने महाभारत उपविजेता बनेको छ। त्यस्तै, टिम देउरालीले तेस्रो स्थान हासिल गरेको छ।

प्रतियोगितामा प्रथम भएको छेडा–१ ले नगद एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ। दोस्रो भएको महाभारत–२ ले ४० हजार रुपैयाँ र तेस्रो भएको टिम देउराली ले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ।

प्रतियोगितामा गोठपानी, महाभारत, भुम्लु सिन्थली, नयाँ बस्ती, खाडादेवी, टिम देउराली, अरनी र छेडा गरी आठ टोली सहभागी भएका थिए। विभिन्न चरणका खेलमा प्रतिस्पर्धा गर्दै टोलीहरू फाइनलसम्म पुगेका थिए।

“खेलकुद हाम्रो शान, स्वस्थ युवा हाम्रो अभियान” तथा “एकता, सद्भाव र खेलकुदका लागि” भन्ने मूल नारासहित आयोजना गरिएको प्रतियोगिताले स्थानीय खेलकुदको विकास, युवाको प्रतिभा पहिचान र खेलाडीबीच आपसी सद्भाव अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकले जनाएको छ।

प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सम्पूर्ण अतिथि, जनप्रतिनिधि, सहयोगदाता, खेलाडी, रेफ्री, स्वयंसेवक, सञ्चारकर्मी तथा उपस्थित खेलप्रेमी दर्शकप्रति आयोजकले आभार व्यक्त गरेको छ।

स्थानीय युवाको सक्रियता र सामूहिक प्रयासमा सम्पन्न प्रतियोगिताले खेलकुदप्रतिको आकर्षण बढाउनुका साथै आपसी एकता र सहकार्यको सन्देश दिएको छ। यस्ता प्रतियोगिताले गाउँघरमा लुकेर रहेका खेलप्रतिभालाई उजागर गर्दै आगामी दिनमा खेलकुद क्षेत्रलाई थप व्यवस्थित र उत्साहजनक बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

मार्तडीमा हिमालयन मस्क स्पोर्ट्स एकेडेमी सञ्चालनमा

१

निर्माण व्यवसायी संघ काभ्रेको अध्यक्षमा अकुर प्रसाद गौतम सर्वसम्मत निर्वाचित

२

तीज : परम्परा मात्रै होइन, बदलिँदो समाजको ऐना पनि हो

३

चौरीदेउराली–६ मा नयाँ बस्ती युवा समितिद्वारा भलिबल प्रतियोगिता आयोजना, प्रथम पुरस्कार १ लाख

४

४५ वर्षीय ओम प्रसाद गौतम सम्पर्कविहीन, खोजतलासका लागि सहयोगको अपिल

५

स्वास्थ्यमन्त्री निशा मेहता: आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहित बिदाको प्रस्ताव

६


TOP