बुधबार , मंग्सिर १०, २०८३
माननीय मधु कुमार चौलागाईंको पहलमा चौरीदेउराली, तेमाल र रोशीका नेटवर्क समस्या समाधान गर्न प्राविधिक टोली परिचालन – Yuwa Daily
काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाका चौरीदेउराली, तेमाल र रोशी गाउँपालिकाका विभिन्न क्षेत्रमा देखिएको टेलिफोन तथा इन्टरनेट नेटवर्क समस्याको समाधानका लागि माननीय मधु कुमार चौलागाईंको पहलमा नेपाल टेलिकमका प्राविधिक टोली परिचालन गरिएको छ।

नेटवर्क समस्याको स्थलगत अध्ययन, पहिचान तथा सुधारका लागि नेपाल टेलिकम वायरलेस निर्देशनालयबाट खटिएको प्राविधिक टोली दुई दिनसम्म चौरीदेउराली र तेमाल गाउँपालिकाका विभिन्न समस्या प्रभावित क्षेत्रमा खटिएको हो। प्राविधिक टोलीलाई मंसिर ८ गते दिउँसो ३ बजे खरेघाटबाट स्वागत गरी स्थलगत अध्ययन तथा समस्या समाधानका लागि आवश्यक प्रक्रिया अघि बढाइएको थियो।

स्थलगत विवरणअनुसार तेमाल गाउँपालिकाका अमलटारी, खानीगाउँ, लामागाउँ तथा आधाबाटका केही क्षेत्रमा २जी सेवा सञ्चालन भए पनि ४जी सेवा उपलब्ध हुन सकेको छैन। त्यस्तै, वडा नं. ७ अन्तर्गत चापाखोर तल्लागाउँ, नाङ्गी, भोटेगाउँ, कामीचौर, मेटुवाल र काल्दार क्षेत्रमा पनि २जी सेवा चल्ने तर ४जी सेवा नचल्ने समस्या देखिएको छ।

तेमाल गाउँपालिका वडा नं. ५ मा गाउँपालिका कार्यालय रहेको क्षेत्रको नेटवर्क पूर्ण रूपमा अवरुद्ध रहेको छ भने स्वाँरापाखा, छापडाँडा र थिलवार क्षेत्रमा आंशिक समस्या देखिएको छ। उक्त क्षेत्रमा तत्काल थप टावर गाउँपालिका कार्यालय भवनमा राख्ने तयारीसमेत भइरहेको छ। त्यसैगरी तेमाल गाउँपालिका वडा नं. ८ अन्तर्गत लोङ्साल क्षेत्रमा पनि नेटवर्क सेवा कमजोर रहेको पाइएको छ।

चौरीदेउराली गाउँपालिकाका विभिन्न क्षेत्रमा समेत नेटवर्क समस्या देखिएकाले प्राविधिक टोलीले दुई दिनसम्म स्थलगत रूपमा खटिएर समस्या पहिचान तथा सेवा सुधारका लागि आवश्यक अध्ययन गरेको छ। स्थानीयले लामो समयदेखि भोग्दै आएको सञ्चार समस्यालाई समाधान गर्न प्राविधिक टोली परिचालन गरिएको हो।

त्यस्तै, रोशी गाउँपालिकाको कालढुङ्गा, मंगलटार, दाउन्ने, नार्के र कटुञ्जे क्षेत्रको बीपी राजमार्ग आसपासमा समेत नेटवर्क समस्या रहेको विवरण प्राप्त भएको छ।

माननीय मधु कुमार चौलागाईंको पहलमा नेटवर्क सुधार, आवश्यक पूर्वाधार विस्तार तथा सेवा गुणस्तरीय बनाउने प्रक्रिया अघि बढाइएको छ। सञ्चार सेवा सहज भएसँगै ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई सूचना, शिक्षा, स्वास्थ्य, दैनिक कामकाज तथा डिजिटल सेवामा पहुँच विस्तार हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

चौरीदेउराली–६ मा नयाँ बस्ती युवा समितिद्वारा भलिबल प्रतियोगिता आयोजना, प्रथम पुरस्कार १ लाख

१

अछामका नौ स्थानीय तहमा सांसद टीका सङ्ग्रौलाद्वारा विकास योजनाको अनुगमन र जनगुनासो सङ्कलन

२

एलिनालाई बाँच्न देऊ : डिर्भोस भएकै कारण एलिनाले प्राणको भिख माग्नुपर्ने हो ?

३

नयाँ बस्ती खुला भलिबल प्रतियोगिता सम्पन्न, छेडा–१ प्रथम, महाभारत–२ उपविजेता

४

‘हामी आउँदैछौँ’ अभियान लिएर रास्वपा काभ्रे भोलिबाट गाउँ–नगरमा

५

अछामका जलविद्युत आयोजना र कर्णाली नदी कटान नियन्त्रणबारे सांसद ज्वाला संग्रौलाले गरिन ऊर्जा मन्त्रीको ध्यानाकर्षण

६


TOP