शुक्रबार , भाद्र १२, २०८३
आज राति उठ्नुहोस् भो लि  सम्बन्धित निकाय सग समन्वय गर्दिन्छु भन्दा मानेनन् पीडित, सिंहदरबारको गेटमै धर्ना जारी – Yuwa Daily

काठमाडौं । विगत आठ–नौ वर्षदेखि न्यायको खोजीमा निरन्तर संघर्षरत बिनु कठायत र निहारिका राजपुतले सिंहदरबारको मूलगेटमा सुरु गरेको धर्ना मध्यरातसम्म पनि जारी राखेका छन्। न्यायको माग गर्दै बसेका उनीहरूलाई प्रतिनिधिसभा सदस्य ज्वाला संग्रौलाले रातिको समय, लगातारको वर्षा र स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर अस्थायी रूपमा घर फर्किन आग्रह गरे पनि उनीहरूले धर्ना नछोड्ने अडान कायम राखेका हुन्।

यसअघि सोमबार दिउँसो सिंहदरबार प्रवेश गर्न नदिएको भन्दै बिनु कठायत र निहारिका राजपुतले सिंहदरबारको मूलगेटमै धर्ना सुरु गरेका थिए। उनीहरूले राज्यबाट न्याय नपाएको गुनासो गर्दै आफ्नो आन्दोलनलाई निरन्तरता दिएका छन्।

मध्यराति धर्नास्थल पुगेकी सांसद ज्वाला संग्रौलाले सामाजिक सञ्जालमार्फत आफूले गरेको प्रयासबारे जानकारी दिएकी छन्। उनका अनुसार राज्यले पीडितलाई न्याय दिनुपर्ने विषयमा कुनै द्विविधा नरहे पनि रातिको समयमा वर्षा भइरहेका कारण, सानो बच्चासमेत साथमा भएकाले स्वास्थ्यमा असर पर्न सक्ने भन्दै उनले धर्ना स्थगित गरेर बिहान पुनः छलफल गर्न आग्रह गरेकी थिइन्।

संग्रौलाले गृहमन्त्रालयसँग मंगलबार बिहान १० बजे समन्वय गरिदिने प्रतिबद्धता व्यक्त गर्दै एक रातका लागि सुरक्षित स्थानमा बस्न अनुरोध गरेकी थिइन्। तर पीडित पक्षले आफ्नो आन्दोलन नरोकिने अडान दोहोर्याएपछि उनी निराश हुँदै फर्किएको उल्लेख गरेकी छन्।

सामाजिक सञ्जालमा उनले लेखेकी छन्, “यी दुई बहिनीहरूको मुद्दा मैले आफू एयाक्टिभिस्ट  हुँदा देखिनै हेरिरहेकी थिएँ, आज जनप्रतिनिधि हुँदा पनि उनीहरूसँगै छु। तर धुलिखेलमा रहेका बिरामी आफन्तलाई छाडेर, झरी–पानी नभनी सिंहदरबार पुगेर आजको रात घर जानुस्, भोलि समन्वय गरौँ भन्दा पनि मेरो कुराको सुनुवाइ भएन। म निराश भएर फर्किएँ। जे भए पनि पीडितले न्याय पाऊन्, तर न्यायिक प्रक्रियामा पीडित पक्षबाट पनि सहजीकरण हुन जरुरी छ।”

बिनु कठायत र निहारिका राजपुतले भने विगत आठ–नौ वर्षदेखि आफूहरू न्यायका लागि संघर्ष गरिरहेको र अब थप प्रतीक्षा गर्न नसकिने भन्दै आन्दोलनलाई निरन्तरता दिएका छन्। उनीहरूको भनाइमा राज्यका निकायले पटक–पटक आश्वासन दिए पनि न्याय अझै प्राप्त हुन सकेको छैन।

सिंहदरबारको मूलगेटमा जारी धर्नाले न्यायको खोजीमा लामो समयदेखि भौतारिएका नागरिकको पीडा फेरि एकपटक राज्यको ध्यानाकर्षण गराएको छ। अब यो आन्दोलन संवादमार्फत समाधानतर्फ अघि बढ्छ वा थप सशक्त बन्दै जान्छ भन्ने विषयमा सबैको चासो केन्द्रित भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

ज्वाला संग्रौलाको यथार्थ अभिव्यक्ति विपक्षीलाई भारी

विदेशबाट फर्केर स्वदेशमै उद्यम, युवालाई प्रेरणा बन्दै श्रीमान तामाङ

श्रीमान तामाङको अभियानमा विष्णुमान तामाङ बचाऔँ अभियानलाई रु. ३,३५,३४८ सहयोग

पत्रकार किशोर श्रेष्ठप्रति सांसद ज्वाला सङ्ग्रौलाको कडा चेतावनी : आरोप र प्रचारको नाममा पत्रकारिताको मर्यादा नाघ्न नहुने धारणा

रामेछापको पञ्चकन्या आधारभूत विद्यालयमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनको निर्णय कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोश

चौरिदेउरालीका समस्या समाधानमा सांसद चौलागाईको चासो, खानेपानीलाई उच्च प्राथमिकता


TOP