आइतबार , कार्तिक २, २०८३
राज्यको नैतिकता र शिष्टाचारको विषय उठाउँदै सांसद टीका संग्रौला ज्वालाद्वारा नियमापत्ति – Yuwa Daily

काठमाडौं । प्रतिनिधिसभा सदस्य टीका संग्रौला ज्वालाले प्रतिनिधिसभा बैठकमा नियम २१ को ९घ० अन्तर्गत नियमापत्ति जनाएकी छन्।

उनले राज्यको नैतिकता, शिष्टाचार तथा मर्यादासँग सम्बन्धित विषयमा सदनको ध्यानाकर्षण गराउँदै राज्यका निकायहरूबाट हुने गतिविधि नै राज्यको पहिचान र विश्वसनीयतासँग जोडिने उल्लेख गरिन्।

सांसद संग्रौलाले राज्यको व्यवहार, आचरण र निर्णय प्रक्रियाले नागरिकमा राज्यप्रतिको धारणा निर्माण गर्ने भएकाले राज्यका सबै निकायले उच्च नैतिकता, शिष्टाचार र जिम्मेवारी प्रदर्शन गर्नुपर्नेमा जोड दिइन्।

उनले नियम २१ को ९घ० ले राज्यको नैतिकता र शिष्टाचारसँग सम्बन्धित विषय उठाउन सक्ने व्यवस्था गरेको उल्लेख गर्दै सोही व्यवस्थाअनुसार आफूले नियमापत्ति जनाएको स्पष्ट पारिन्।

सांसद संग्रौलाले राज्यका निकायहरूले संविधान, कानुन र लोकतान्त्रिक मूल्य–मान्यताअनुसार मर्यादित तथा जिम्मेवार ढंगले कार्य गर्नुपर्ने धारणा राख्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराएकी छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

मार्तडीमा हिमालयन मस्क स्पोर्ट्स एकेडेमी सञ्चालनमा

१

निर्माण व्यवसायी संघ काभ्रेको अध्यक्षमा अकुर प्रसाद गौतम सर्वसम्मत निर्वाचित

२

तीज : परम्परा मात्रै होइन, बदलिँदो समाजको ऐना पनि हो

३

चौरीदेउराली–६ मा नयाँ बस्ती युवा समितिद्वारा भलिबल प्रतियोगिता आयोजना, प्रथम पुरस्कार १ लाख

४

४५ वर्षीय ओम प्रसाद गौतम सम्पर्कविहीन, खोजतलासका लागि सहयोगको अपिल

५

स्वास्थ्यमन्त्री निशा मेहता: आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहित बिदाको प्रस्ताव

६


TOP