आइतबार , कार्तिक २, २०८३
प्रतिनिधिसभाबाट दुई विधेयक समितिमा पठाउने प्रस्ताव स्वीकृत – Yuwa Daily

काठमाडौं । प्रतिनिधिसभाले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ र ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।

प्रतिनिधिसभाको आज बसेको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले उक्त प्रस्ताव प्रस्तुत गरेकी थिइन्। बैठकले दुवै विधेयकलाई विस्तृत अध्ययन तथा दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने निर्णय गरेको हो।

यसअघि मन्त्री गौतमले प्रधानमन्त्री शाहको तर्फबाट आर्थिक वर्ष २०८१/८२ का न्याय परिषद्, न्याय सेवा आयोग तथा लोकसेवा आयोगको ६६औँ वार्षिक प्रतिवेदन प्रतिनिधिसभामा पेश गरेकी थिइन्।

त्यसैगरी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बैठकमा ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ प्रस्तुत गरेका थिए।

प्रतिनिधिसभाको अर्को बैठक असार ३१ गते बिहान ११ बजे बस्ने संघीय संसद् सचिवालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

मार्तडीमा हिमालयन मस्क स्पोर्ट्स एकेडेमी सञ्चालनमा

१

निर्माण व्यवसायी संघ काभ्रेको अध्यक्षमा अकुर प्रसाद गौतम सर्वसम्मत निर्वाचित

२

तीज : परम्परा मात्रै होइन, बदलिँदो समाजको ऐना पनि हो

३

चौरीदेउराली–६ मा नयाँ बस्ती युवा समितिद्वारा भलिबल प्रतियोगिता आयोजना, प्रथम पुरस्कार १ लाख

४

४५ वर्षीय ओम प्रसाद गौतम सम्पर्कविहीन, खोजतलासका लागि सहयोगको अपिल

५

स्वास्थ्यमन्त्री निशा मेहता: आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहित बिदाको प्रस्ताव

६


TOP