बुधबार , असार ३१, २०८३
सिंहदरबार दक्षिण गेट अगाडि मोटरसाइकल पार्किङ गरेर एमाले अखिलको प्रदर्शन – Yuwa Daily

सिंहदरबार अगाडि अनेरास्ववियुको मोटरसाइकलसहित प्रदर्शन, अध्यक्ष दीपक धामीसहित ७ जना पक्राउ

काठमाडौं । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले सोमबार सिंहदरबारको दक्षिण गेट अगाडि मोटरसाइकल पार्किङ गरी विरोध प्रदर्शन गरेको छ।

प्रदर्शनका कारण केही समय दक्षिण गेट क्षेत्रको सडकमा यातायात प्रभावित भएको थियो। त्यसपछि प्रहरीले प्रदर्शनकारीलाई त्यहाँबाट हटाएको थियो।

प्रदर्शनका क्रममा सहभागीहरूले “गरिबको आवाज दबाउन पाइँदैन” लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।

प्रहरीले प्रदर्शनका क्रममा अनेरास्ववियुका केन्द्रीय अध्यक्ष दीपक धामी सहित ७ जनालाई नियन्त्रणमा लिएको जनाएको छ।

पक्राउ पर्नेहरूमा अनेरास्ववियुका केन्द्रीय अध्यक्ष दीपक धामी, निर्वाचन आयोग अध्यक्ष जितप्रसाद सिटौला, सचिवालय सदस्य विशाल खड्का, उपत्यका विशेष बागमती प्रदेश संयोजक रवि मगर, केन्द्रीय सदस्य विष्णु उपरकोटी, कानुन राष्ट्रिय कमिटी सचिव सुदीप थापा तथा अनेरास्ववियु CTEVT सदस्य सिरिस बुढाथोकी रहेका छन्।

प्रहरीले पक्राउ परेकामाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

विदेशबाट फर्केर स्वदेशमै उद्यम, युवालाई प्रेरणा बन्दै श्रीमान तामाङ

आज राति उठ्नुहोस् भो लि  सम्बन्धित निकाय सग समन्वय गर्दिन्छु भन्दा मानेनन् पीडित, सिंहदरबारको गेटमै धर्ना जारी

रामेछापको पञ्चकन्या आधारभूत विद्यालयमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनको निर्णय कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोश

मन्त्रि प्रतिभा रावल झापाको बुद्धशान्तीमा ५ परिवारलाई लालपुर्जा वितरण,५ अव्यवस्थित परिवारलाई लालपुर्जा वितरण

मिस नेपाल २०२६ मा सबैको ध्यान खिच्दै विभुषा बस्नेत, किन विशेष छिन् प्रतियोगी नम्बर १९?

सिंहदरबार दक्षिण गेट अगाडि मोटरसाइकल पार्किङ गरेर एमाले अखिलको प्रदर्शन


TOP