शनिबार , कार्तिक १, २०८३
धेरै सन्तान जन्माउने परिवारलाई छथर गाउँपालिकाको प्रोत्साहन, ५ हजारदेखि २० हजारसम्म बचत सुविधा – Yuwa Daily

तेह्रथुम। घट्दो जन्मदर, बढ्दो बसाइँसराइ र गाउँ रित्तिँदै जाने चुनौतीलाई सम्बोधन गर्न तेह्रथुमको छथर गाउँपालिकाले ‘बालबालिका जीवन सुरक्षा कार्यक्रम’ सञ्चालन गर्दै धेरै सन्तान जन्माउने परिवारलाई प्रोत्साहन गर्ने नीति लागू गरेको छ।

गाउँपालिकाले नवजात शिशुको नाममा बचत गर्ने व्यवस्था गर्दै पहिलो सन्तानका लागि रु। ५ हजार, दोस्रोका लागि रु। १० हजार, तेस्रोका लागि रु। १५ हजार तथा चौथो र सोभन्दा माथिका सन्तानका लागि रु। २० हजार जम्मा गर्ने व्यवस्था गरेको छ। साथै, दुई वा सोभन्दा बढी सन्तान भएका परिवारका संरक्षकको नाममा समेत थप बचत गर्ने प्रावधान राखिएको छ।

राष्ट्रिय बाल दिवस २०८१ को अवसरमा सुरु गरिएको यो कार्यक्रमले बालबालिकाको भविष्यका लागि आर्थिक आधार तयार गर्ने उद्देश्य लिएको गाउँपालिकाले जनाएको छ। आर्थिक वर्ष २०८१र८२ मा ५३ जना नवजात शिशु लाभान्वित भएकोमा चालु आर्थिक वर्षमा लाभग्राहीको संख्या बढेर ७४ पुगेको छ।

गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बूका अनुसार घट्दो जन्मदरलाई सम्बोधन गर्दै जनसंख्या वृद्धि गर्न प्रोत्साहन गर्नुका साथै बालबालिकाको शिक्षा, स्वास्थ्य र भविष्यलाई सुरक्षित बनाउने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको हो।

छथर गाउँपालिकाले यससँगै एकल ज्येष्ठ नागरिक पुरुष सम्मान, घरदैलो स्वास्थ्य उपचार, जनता आवास, मलामी खाजा सहयोग, विपन्न नागरिकलाई भोजन तथा खाद्य रोजगारीलगायतका सामाजिक सुरक्षा कार्यक्रम पनि निरन्तर सञ्चालन गर्दै आएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

मार्तडीमा हिमालयन मस्क स्पोर्ट्स एकेडेमी सञ्चालनमा

१

निर्माण व्यवसायी संघ काभ्रेको अध्यक्षमा अकुर प्रसाद गौतम सर्वसम्मत निर्वाचित

२

तीज : परम्परा मात्रै होइन, बदलिँदो समाजको ऐना पनि हो

३

चौरीदेउराली–६ मा नयाँ बस्ती युवा समितिद्वारा भलिबल प्रतियोगिता आयोजना, प्रथम पुरस्कार १ लाख

४

४५ वर्षीय ओम प्रसाद गौतम सम्पर्कविहीन, खोजतलासका लागि सहयोगको अपिल

५

स्वास्थ्यमन्त्री निशा मेहता: आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहित बिदाको प्रस्ताव

६


TOP