बुधबार , भाद्र १७, २०८३
आज देशभर भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह – Yuwa Daily

काठमाडौं। जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको भन्दै सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

विभागका अनुसार मनसुन प्रणाली सक्रिय रहेकाले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङसहित भारीदेखि अति भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ। अन्य प्रदेशका केही स्थानमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

भारी वर्षाका कारण पहाडी तथा हिमाली जिल्लामा पहिरो, गेग्रान बहाव र सडक अवरुद्ध हुने जोखिम रहेको छ भने तराई क्षेत्रमा डुबान र नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने भएकाले नदी किनार र जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

यस्तै, वर्षाका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले यात्रा गर्दा मौसमको जानकारी लिएर मात्रै यात्रा गर्न र आवश्यक सावधानी अपनाउन पनि विभागले अनुरोध गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

ज्वाला संग्रौलाको यथार्थ अभिव्यक्ति विपक्षीलाई भारी

विदेशबाट फर्केर स्वदेशमै उद्यम, युवालाई प्रेरणा बन्दै श्रीमान तामाङ

श्रीमान तामाङको अभियानमा विष्णुमान तामाङ बचाऔँ अभियानलाई रु. ३,३५,३४८ सहयोग

पत्रकार किशोर श्रेष्ठप्रति सांसद ज्वाला सङ्ग्रौलाको कडा चेतावनी : आरोप र प्रचारको नाममा पत्रकारिताको मर्यादा नाघ्न नहुने धारणा

रामेछापको पञ्चकन्या आधारभूत विद्यालयमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनको निर्णय कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोश

चौरिदेउरालीका समस्या समाधानमा सांसद चौलागाईको चासो, खानेपानीलाई उच्च प्राथमिकता


TOP