शनिबार , कार्तिक १, २०८३
फिफाको सम्भावित कारबाहीविरुद्ध अर्जेन्टिनाको पक्षमा उभियो ह्वाइट हाउस – Yuwa Daily

विश्वकप फुटबलको सेमिफाइनलमा इंग्ल्यान्डलाई पराजित गरेपछि अर्जेन्टिनी खेलाडीहरूले फकल्यान्ड्स (अर्जेन्टिनाले ‘माल्भिनास’ भन्ने) द्वीपसमूहमाथि आफ्नो दाबी जनाउने ब्यानर प्रदर्शन गरेपछि विवाद चर्किएको छ। यस विषयमा फिफाले अनुशासनात्मक प्रक्रिया अघि बढाउने सम्भावना देखिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अर्जेन्टिनाको पक्ष लिएको छ।

ह्वाइट हाउसको फिफा कार्यदल प्रमुख एन्ड्र्यु जुलियानीले अमेरिकामा अभिव्यक्ति स्वतन्त्रताको अधिकार रहेको भन्दै अर्जेन्टिनी खेलाडीहरूलाई त्यस्तो सन्देश राख्ने अधिकार भएको बताएका छन्।

अर्जेन्टिनी टोलीले सेमिफाइनल जितपछि “लास माल्भिनास सन अर्जेन्टिनास” (माल्भिनास अर्जेन्टिनाकै हो) लेखिएको ब्यानर देखाएको थियो। फिफाको राजनीतिक सन्देशसम्बन्धी नियम उल्लंघन भएको भन्दै उनीहरूमाथि कारबाही हुन सक्ने चर्चा छ।

यता बेलायत सरकारले भने फिफाले घटनाको अनुसन्धान गर्नुपर्ने बताएको छ। डाउनिङ स्ट्रिटका प्रवक्ताले फकल्यान्ड्स द्वीप बेलायतको भएको दाबी गर्दै यसप्रतिको प्रतिबद्धता कहिल्यै कमजोर नहुने बताएका छन्।

फकल्यान्ड्सको स्थानीय सरकारले पनि खेलमा राजनीतिक सन्देश प्रयोग गरिएको भन्दै असन्तुष्टि जनाएको छ र फिफाले आफ्ना नियमअनुसार कदम चाल्ने अपेक्षा गरेको छ।

अर्जेन्टिनाकी उपराष्ट्रपति भिक्टोरिया भियारुएलले पनि सामाजिक सञ्जालमार्फत “माल्भिनास अर्जेन्टिनाकै हो” भन्दै राष्ट्रिय भावनासँग जोडिएको अभिव्यक्ति दिएकी छन्।

फकल्यान्ड्स द्वीपमाथि बेलायत र अर्जेन्टिना दुवैले लामो समयदेखि दाबी गर्दै आएका छन्। सन् १९८२ मा यही विवादका कारण दुई देशबीच ७४ दिनसम्म युद्ध भएको थियो, जसमा करिब ९०० भन्दा बढी मानिसको मृत्यु भएको थियो।

फिफाले भने यस घटनाबारे औपचारिक अनुशासनात्मक निर्णय सार्वजनिक गरिसकेको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

मार्तडीमा हिमालयन मस्क स्पोर्ट्स एकेडेमी सञ्चालनमा

१

निर्माण व्यवसायी संघ काभ्रेको अध्यक्षमा अकुर प्रसाद गौतम सर्वसम्मत निर्वाचित

२

तीज : परम्परा मात्रै होइन, बदलिँदो समाजको ऐना पनि हो

३

चौरीदेउराली–६ मा नयाँ बस्ती युवा समितिद्वारा भलिबल प्रतियोगिता आयोजना, प्रथम पुरस्कार १ लाख

४

४५ वर्षीय ओम प्रसाद गौतम सम्पर्कविहीन, खोजतलासका लागि सहयोगको अपिल

५

स्वास्थ्यमन्त्री निशा मेहता: आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहित बिदाको प्रस्ताव

६


TOP