मंगलबार , भाद्र २३, २०८३
मन्त्रालयद्वारा रामारोशन गाउँपालिकाका निमित्त प्रमुखको आर्थिक तथा प्रशासनिक अधिकार रद्द – Yuwa Daily

अछाम । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अछामको रामारोशन गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई दिइएको आर्थिक तथा प्रशासनिक अधिकार रद्द गरेको छ।

मन्त्रालयले असार १० गतेको निर्णयअनुसार शाखा अधिकृत तारादत्त भट्टलाई गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइसकेको उल्लेख गर्दै उक्त निर्णय तत्काल कार्यान्वयन गर्न निमित्त प्रमुखलाई दिइएको आर्थिक तथा प्रशासनिक जिम्मेवारी रद्द गरिएको जनाएको हो।

मन्त्रालयले रामारोशन गाउँपालिकालाई प्रमुख प्रशासकीय अधिकृत तारादत्त भट्टलाई तत्काल हाजिर गराई नियमित प्रशासनिक तथा आर्थिक कामकाज सञ्चालन गर्न निर्देशन दिएको छ।

साथै, कोष तथा लेखा नियन्त्रक कार्यालयलाई पनि जगतबहादुर रावललाई दिइएको आर्थिक जिम्मेवारी रद्द गरिएको जानकारी गराउँदै अबदेखि मन्त्रालयबाट खटाइएका प्रमुख प्रशासकीय अधिकृत तारादत्त भट्टमार्फत मात्रै गाउँपालिकाको बैंक खाता सञ्चालन र आर्थिक कारोबार गर्न व्यवस्था मिलाउन निर्देशन दिइएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

ज्वाला संग्रौलाको यथार्थ अभिव्यक्ति विपक्षीलाई भारी

रामेछापको पञ्चकन्या आधारभूत विद्यालयमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनको निर्णय कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोश

विदेशबाट फर्केर स्वदेशमै उद्यम, युवालाई प्रेरणा बन्दै श्रीमान तामाङ

श्रीमान तामाङको अभियानमा विष्णुमान तामाङ बचाऔँ अभियानलाई रु. ३,३५,३४८ सहयोग

पत्रकार किशोर श्रेष्ठप्रति सांसद ज्वाला सङ्ग्रौलाको कडा चेतावनी : आरोप र प्रचारको नाममा पत्रकारिताको मर्यादा नाघ्न नहुने धारणा

चौरिदेउरालीका समस्या समाधानमा सांसद चौलागाईको चासो, खानेपानीलाई उच्च प्राथमिकता


TOP