शनिबार , कार्तिक ८, २०८३
मन्त्रालयद्वारा रामारोशन गाउँपालिकाका निमित्त प्रमुखको आर्थिक तथा प्रशासनिक अधिकार रद्द – Yuwa Daily

अछाम । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अछामको रामारोशन गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई दिइएको आर्थिक तथा प्रशासनिक अधिकार रद्द गरेको छ।

मन्त्रालयले असार १० गतेको निर्णयअनुसार शाखा अधिकृत तारादत्त भट्टलाई गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइसकेको उल्लेख गर्दै उक्त निर्णय तत्काल कार्यान्वयन गर्न निमित्त प्रमुखलाई दिइएको आर्थिक तथा प्रशासनिक जिम्मेवारी रद्द गरिएको जनाएको हो।

मन्त्रालयले रामारोशन गाउँपालिकालाई प्रमुख प्रशासकीय अधिकृत तारादत्त भट्टलाई तत्काल हाजिर गराई नियमित प्रशासनिक तथा आर्थिक कामकाज सञ्चालन गर्न निर्देशन दिएको छ।

साथै, कोष तथा लेखा नियन्त्रक कार्यालयलाई पनि जगतबहादुर रावललाई दिइएको आर्थिक जिम्मेवारी रद्द गरिएको जानकारी गराउँदै अबदेखि मन्त्रालयबाट खटाइएका प्रमुख प्रशासकीय अधिकृत तारादत्त भट्टमार्फत मात्रै गाउँपालिकाको बैंक खाता सञ्चालन र आर्थिक कारोबार गर्न व्यवस्था मिलाउन निर्देशन दिइएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

मार्तडीमा हिमालयन मस्क स्पोर्ट्स एकेडेमी सञ्चालनमा

१

निर्माण व्यवसायी संघ काभ्रेको अध्यक्षमा अकुर प्रसाद गौतम सर्वसम्मत निर्वाचित

२

तीज : परम्परा मात्रै होइन, बदलिँदो समाजको ऐना पनि हो

३

चौरीदेउराली–६ मा नयाँ बस्ती युवा समितिद्वारा भलिबल प्रतियोगिता आयोजना, प्रथम पुरस्कार १ लाख

४

४५ वर्षीय ओम प्रसाद गौतम सम्पर्कविहीन, खोजतलासका लागि सहयोगको अपिल

५

स्वास्थ्यमन्त्री निशा मेहता: आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहित बिदाको प्रस्ताव

६


TOP