सांसद श्रीराम न्यौपानेले त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङभित्रबाट एकभन्दा बढी व्यक्तिको आवाज आएको पुष्टि गरेका छन्।
सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उनले उद्धार टोलीले ‘नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ’ भनेपछि सुरुङभित्रबाट ‘हुन्छ’ भन्ने प्रतिक्रिया आएको बताएका छन्। उद्धार कार्य जारी रहेको उनले जनाएका छन्।







