भोटेकोशी बाढीका कारण मुग्लिनदेखि टिमुरेसम्मका ६४ मध्ये ५३ वटा झोलुङ्गे पुलमा क्षति पुगेको छ।
प्रधानमन्त्री कार्यालयका अनुसार प्राविधिक मूल्याङ्कनपछि क्षतिग्रस्त २० वटा पुल मर्मत गर्नुपर्ने निष्कर्ष निकालिएको छ।



महेश दोभान–मास्टार, कालिकाथान, मलिङ्गा–मझुवाटार, केउरेनी–गहते र पिमलटार–जागराम खोलाका पाँच पुल एक महिनाभित्र मर्मत सम्पन्न गर्ने तयारी छ।
यस्तै, पुनर्निर्माण गर्नुपर्ने ३३ वटा झोलुङ्गे पुलका लागि दुई दिनअघि नै टेण्डर आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।




