शनिबार , भाद्र २०, २०८३
४५ वर्षीय ओम प्रसाद गौतम सम्पर्कविहीन, खोजतलासका लागि सहयोगको अपिल – Yuwa Daily
काभ्रे । चौंरीदेउराली गाउँपालिका–६, काभ्रेका ४५ वर्षीय ओम प्रसाद गौतम (लुक) मिति २०८३ भदौ १७ गतेदेखि सम्पर्कविहीन भएका छन्।

परिवारका अनुसार गौतम काठमाडौंको जोरपाटी क्षेत्रबाट सम्पर्कविहीन भएका हुन्। उहाँको अवस्था हालसम्म अज्ञात रहेको र परिवार तथा आफन्तजनले खोजतलास गरिरहेका छन्।

गौतमलाई कसैले देख्नुभएको वा उहाँको अवस्थाबारे कुनै जानकारी प्राप्त गर्नुभएको भए तत्काल परिवारलाई वा नजिकैको प्रहरी कार्यालयमा जानकारी गराइदिन परिवारले अनुरोध गरेको छ।

गौतमको हुलिया तथा पहिचानका लागि सार्वजनिक गरिएको विवरणअनुसार उहाँले रातो रङको ‘हिरो ग्ल्यामर’ मोटरसाइकल प्रयोग गर्ने गरेका थिए। मोटरसाइकलको नम्बर बा १८ प २७८४ रहेको जनाइएको छ।

उहाँबारे कुनै जानकारी भए निम्न सम्पर्क नम्बरमा खबर गर्न अनुरोध गरिएको छ।

📞 ९८५११३०६२९
📞 ९८४००२०२१४

सम्पर्कविहीन गौतमको खोजी कार्यमा सहयोग गरिदिन परिवारले सबैमा हार्दिक अपिल गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

ज्वाला संग्रौलाको यथार्थ अभिव्यक्ति विपक्षीलाई भारी

विदेशबाट फर्केर स्वदेशमै उद्यम, युवालाई प्रेरणा बन्दै श्रीमान तामाङ

रामेछापको पञ्चकन्या आधारभूत विद्यालयमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनको निर्णय कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोश

श्रीमान तामाङको अभियानमा विष्णुमान तामाङ बचाऔँ अभियानलाई रु. ३,३५,३४८ सहयोग

पत्रकार किशोर श्रेष्ठप्रति सांसद ज्वाला सङ्ग्रौलाको कडा चेतावनी : आरोप र प्रचारको नाममा पत्रकारिताको मर्यादा नाघ्न नहुने धारणा

चौरिदेउरालीका समस्या समाधानमा सांसद चौलागाईको चासो, खानेपानीलाई उच्च प्राथमिकता


TOP