आइतबार , भाद्र २१, २०८३
रसुवाको बाढीमा ज्यान गुमाएका सन्तोष खत्रीको १२औँ पुण्यतिथिमा परिवारको पीडा, सहयोग जुटाएर काजक्रिया – Yuwa Daily

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१२ का सन्तोष खत्रीको रसुवामा आएको बाढीका क्रममा निधन भएको आज १२औँ पुण्यतिथि परेको छ।

खत्री सामान लिन रसुवाको केरुङ भन्सारतर्फ गएको अवस्थामा आएको बाढीपछि सम्पर्कविहीन भएका थिए। उनको निधनले परिवार तथा आफन्तजन शोकमा डुबेका छन्।

आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको खत्रीको परिवारलाई उहाँको निधनपछि काजक्रिया गर्नसमेत कठिन भएको परिवारले जनाएको छ। आर्थिक अभावका कारण आफन्त, शुभेच्छुक तथा विभिन्न व्यक्तिहरूसँग सहयोग मागेर प्राप्त रकमबाट उहाँको काजक्रिया सम्पन्न गरिएको परिवारको भनाइ छ। परिवारका अनुसार सन्तोषको निधनले घरको आर्थिक तथा पारिवारिक अवस्था झनै नाजुक बनेको छ। परिवारको मुख्य सहारा गुमेपछि दैनिक जीवनयापनदेखि काजक्रियासम्मका काम गर्नसमेत सहयोगी हातहरूको आवश्यकता परेको छ।

स्वर्गीय सन्तोष खत्रीको १२औँ पुण्यतिथिमा परिवारजनले उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेका छन्। साथै, दुःखको यस घडीमा साथ, सहयोग र आर्थिक सहयोग गर्ने सबैप्रति परिवारले आभार व्यक्त गरेको छ।

शोकाकुल परिवार तथा आफन्तजनले स्वर्गीय सन्तोष खत्रीको आत्माको चिरशान्तिको कामना गर्दै उहाँको परिवारलाई सहयोग गरिदिन सबैमा हार्दिक अपिल गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

ज्वाला संग्रौलाको यथार्थ अभिव्यक्ति विपक्षीलाई भारी

रामेछापको पञ्चकन्या आधारभूत विद्यालयमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनको निर्णय कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोश

विदेशबाट फर्केर स्वदेशमै उद्यम, युवालाई प्रेरणा बन्दै श्रीमान तामाङ

श्रीमान तामाङको अभियानमा विष्णुमान तामाङ बचाऔँ अभियानलाई रु. ३,३५,३४८ सहयोग

पत्रकार किशोर श्रेष्ठप्रति सांसद ज्वाला सङ्ग्रौलाको कडा चेतावनी : आरोप र प्रचारको नाममा पत्रकारिताको मर्यादा नाघ्न नहुने धारणा

चौरिदेउरालीका समस्या समाधानमा सांसद चौलागाईको चासो, खानेपानीलाई उच्च प्राथमिकता


TOP