डोटीको दिपायल सिलगढी नगरपालिका–३ स्थित सेती नदीमाथिको झोलुङ्गे पुलबाट खसेकी एक युवती नदीमा बेपत्ता भएकी छन्।
प्रहरीका अनुसार दिपायल सिलगढी नगरपालिका–६ बस्ने अन्दाजी २१ वर्षीया प्रियंका श्रेष्ठ पुलबाट खसेपछि बेपत्ता भएकी हुन्। घटना दिउँसो करिब ४ः१५ बजेतिर भएको बताइएको छ।



बेपत्ता युवतीको अवस्था पत्ता लगाउन प्रहरीले खोजी तथा उद्धार प्रयास जारी राखेको डोटीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सागर बोहराले जानकारी दिएका छन्।





