मंगलबार , अषोज १३, २०८३
किशोरराज गिरी खुला केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित – Yuwa Daily

काभ्रे। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काभ्रे प्रतिनिधिसभा क्षेत्र नं. १ बाट चौरीदेउराली गाउँपालिका–६ का वडा अध्यक्ष किशोरराज गिरी खुला केन्द्रीय महाधिवेशन प्रतिनिधि (युवा) तर्फ अत्यधिक बहुमतसहित निर्वाचित भएका छन्।

निर्वाचित भएपछि गिरीले आफूलाई विश्वास गरी अमूल्य मत प्रदान गर्ने क्षेत्रीय प्रतिनिधि, पालिका सभापति, वडा कार्यसमितिका सभापति, शुभचिन्तक तथा आफन्तजनप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेका छन्।

उनले पार्टीप्रति प्राप्त विश्वास र जिम्मेवारीलाई आत्मसात् गर्दै आगामी दिनमा संगठनलाई अझ सुदृढ र गतिशील बनाउन इमानदारीपूर्वक भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, अधिवेशनबाट निर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

ज्वाला संग्रौलाको यथार्थ अभिव्यक्ति विपक्षीलाई भारी

१

श्रीमान तामाङको अभियानमा विष्णुमान तामाङ बचाऔँ अभियानलाई रु. ३,३५,३४८ सहयोग

२

मार्तडीमा हिमालयन मस्क स्पोर्ट्स एकेडेमी सञ्चालनमा

३

पत्रकार किशोर श्रेष्ठप्रति सांसद ज्वाला सङ्ग्रौलाको कडा चेतावनी : आरोप र प्रचारको नाममा पत्रकारिताको मर्यादा नाघ्न नहुने धारणा

४

सिंहदरबार प्रवेशमा नागरिकलाई सहज व्यवस्था गर्न सांसद ज्वाला संग्रौलाको माग

५

निर्माण व्यवसायी संघ काभ्रेको अध्यक्षमा अकुर प्रसाद गौतम सर्वसम्मत निर्वाचित

६


TOP