मंगलबार , अषोज २०, २०८३
‘हामी आउँदैछौँ’ अभियान लिएर रास्वपा काभ्रे भोलिबाट गाउँ–नगरमा – Yuwa Daily

काभ्रे । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चालन गरिरहेको ‘हामी आउँदैछौँ’ अभियान काभ्रेपलाञ्चोकमा तीव्र बनाइने भएको छ । अभियान अन्तर्गत जिल्लाका विभिन्न स्थानीय तहमा पुगेर जनतासँग प्रत्यक्ष संवाद, स्थानीय समस्या तथा जनगुनासो संकलन र पार्टीको राजनीतिक अभियानलाई जनस्तरसम्म पु¥याउने कार्यक्रम तय गरिएको छ ।

काभ्रेका लागि पार्टीले केन्द्रीय प्रतिनिधिका रूपमा जगदीश खरेल, गणेश कार्की र कुसुम महर्जनलाई परिचालन गरेको छ । उनीहरूले जिल्लाका विभिन्न नगरपालिका तथा गाउँपालिकामा पुगेर स्थानीय नागरिक, कार्यकर्ता तथा सरोकारवालासँग भेटघाट गर्नेछन् । अभियानले स्थानीय तहका समस्या बुझ्ने, जनताका अपेक्षा सुन्ने र आगामी राजनीतिक अभियानका लागि आधार तयार गर्ने उद्देश्य राखेको रास्वपा काभ्रेले जनाएको छ ।

रास्वपा काभ्रेका जिल्ला सभापति प्रविणकुमार ढकालले ‘हामी आउँदैछौँ’ अभियानलाई केवल राजनीतिक भेटघाटमा सीमित नराखी जनताको घरदैलोमा पुगेर उनीहरूका वास्तविक समस्या सुन्ने अभियानका रूपमा अघि बढाइने बताए । जनतासँग प्रत्यक्ष संवाद गरेर जिल्लाका समस्या र सम्भावनालाई केन्द्रसम्म पु¥याउने तथा समाधानका लागि राजनीतिक दबाब सिर्जना गर्ने उनको भनाइ छ ।

ढकालका अनुसार पुराना राजनीतिक शैलीप्रति नागरिकमा देखिएको असन्तुष्टिलाई बुझ्दै रास्वपाले जनतासँग प्रत्यक्ष सम्बन्ध विस्तारलाई प्राथमिकतामा राखेको छ । “हामी जनताको कुरा सुन्न, समस्या बुझ्न र जनताकै बीचमा उभिन गाउँ–गाउँ र बस्ती–बस्तीमा पुग्दैछौँ,” उनले भने, “यो अभियानले काभ्रेको राजनीतिक अवस्था र जनताको अपेक्षालाई नजिकबाट बुझ्ने अवसर दिनेछ ।”

यस्तो छ कार्यक्रम तालिका

असोज २१ गते – कुसुम महर्जन

बिहान ७ः३० बजे – बनेपा नगरपालिका, बनेपा बजार
दिउँसो २ः०० बजे – धुलिखेल नगरपालिका, धुलिखेल बजार

असोज २२ गते – गणेश कार्की

बिहान ७ः०० बजे – मण्डनदेउपुर नगरपालिका, कुन्ताबेसी
दिउँसो १ः०० बजे – पाँचखाल नगरपालिका, तामाघाट बजार

असोज २३ गते – कुसुम महर्जन

बिहान ७ः०० बजे – पनौती नगरपालिका, पनौती बजार
दिउँसो २ः०० बजे – बेथानचोक गाउँपालिका, गेलडुङ बजार

असोज २३ गते – जगदीश खरेल

बिहान ९ः०० बजे – भुम्लु गाउँपालिका
दिउँसो १ः०० बजे – चौरीदेउराली गाउँपालिका

असोज २४ गते – गणेश कार्की

बिहान ११ः०० बजे – तेमाल गाउँपालिका

असोज २४ गते – जगदीश खरेल

बिहान ११ः०० बजे – रोशी गाउँपालिका

असोज २६ गते

खानीखोला गाउँपालिका
महाभारत गाउँपालिका

असोज २७ गते – जगदीश खरेल

बिहान ११ः०० बजे – नमोबुद्ध नगरपालिका, भकुण्डेबेसी बजार

रास्वपा काभ्रे जिल्ला समितिले अभियानमा जिल्लाका सबै क्षेत्रका नागरिकको सहभागिता रहने अपेक्षा गरेको छ । पार्टीले अभियानमार्फत स्थानीय तहमा जनताको अवस्था, विकासका समस्या, सेवा प्रवाह तथा समसामयिक राजनीतिक विषयबारे प्रत्यक्ष जानकारी लिने जनाएको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

ज्वाला संग्रौलाको यथार्थ अभिव्यक्ति विपक्षीलाई भारी

१

मार्तडीमा हिमालयन मस्क स्पोर्ट्स एकेडेमी सञ्चालनमा

२

पत्रकार किशोर श्रेष्ठप्रति सांसद ज्वाला सङ्ग्रौलाको कडा चेतावनी : आरोप र प्रचारको नाममा पत्रकारिताको मर्यादा नाघ्न नहुने धारणा

३

सिंहदरबार प्रवेशमा नागरिकलाई सहज व्यवस्था गर्न सांसद ज्वाला संग्रौलाको माग

४

निर्माण व्यवसायी संघ काभ्रेको अध्यक्षमा अकुर प्रसाद गौतम सर्वसम्मत निर्वाचित

५

नयाँ पत्रिका कर्मि अयडी सिडिसी नेपालबाट सम्मानित

६


TOP