शनिबार , जेठ ३०, २०८३
किशोर श्रेष्ठविरुद्ध पक्राउ आदेशको पुरानो पत्र सार्वजनिक, श्रीषा कार्की प्रकरण पुनः बहसमा – Yuwa Daily

जन आस्था नामक साप्ताहिक र अनलाइनका सम्पादक किशोर श्रेष्ठ प्रहरिको फरार सुचिमा रहेको विवरण प्राप्त भएको छ ।काठमाडौंबाट प्राप्त विवरणअनुसार जनआस्था साप्ताहिक तथा अनलाइनका सम्पादक किशोर श्रेष्ठसँग सम्बन्धित पुरानो प्रहरी पत्र सार्वजनिक भएपछि २०५९ सालको श्रीषा कार्की मृत्यु प्रकरण फेरि चर्चामा आएको छ। सार्वजनिक भएको जिल्ला प्रहरी कार्यालय काठमाडौंको पत्रमा जनआस्था विरुद्ध दर्ता भएको सार्वजनिक अपराध मुद्दामा किशोर श्रेष्ठलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि उपस्थित गराउन निर्देशन दिइएको उल्लेख छ। चलचित्र अभिनेत्री बसुन्धारा भुशालको निबेदकले प्रतिवादी जनाअस्था माथी २०५९ सालमा श्रीषा कार्की मृत्यु प्रकरणमा सर्वजनिक अपराध मुद्दा  दायर भएको जिल्ला प्रहरी कार्यलय काठमाडौंले किश्वरलाई पक्राउ गरि आवस्यक कार्वाहीको निमित्त कार्यलयमा दाखेला गर्नु नेपाल प्रहरीलाई निर्देश आएको पत्र प्राप्त भएको छ ।

किशोर श्रेष्ठ तिनै हुन जस्ले २०५९ सालमा फिल्मीनगरिको रंगिन रात शिर्षकमा जनआस्था साप्ताहिक तेतिबेला चर्चित नायीका श्रीषा कार्कीको नाग्गो तस्वीर सर्वजनिक गरेका थिए । जस्कारण श्रीषाले आत्महत्या गरेकि भन्ने समाचार त्यो समय चर्चामा रहेको थियो ।

पत्रमा विभिन्न सञ्चारकर्मीहरूलाई समेत जानकारी गराइएको देखिन्छ। २०५९ सालमा जनआस्थाले चलचित्र अभिनेत्री श्रीषा कार्कीको विवादास्पद तस्वीर प्रकाशित गरेपछि देशव्यापी बहस भएको थियो। त्यसपछि श्रीषा कार्कीले आत्महत्या गरेको घटना नेपाली सञ्चार इतिहासकै सबैभन्दा विवादास्पद घटनामध्ये एक मानिन्छ।यता, पुनः गृहमन्त्रीका रूपमा फर्किएका सुदन गुरुङले दरबार हत्याकाण्ड लगायतका पुराना फाइलहरू खोल्ने संकेत दिएपछि विगतका चर्चित घटनाहरू पनि पुनः चर्चामा आउन थालेका छन्। यही सन्दर्भमा श्रीषा कार्की प्रकरण र त्यससँग जोडिएका व्यक्तिहरूमाथि समेत नयाँ बहस सुरु भएको देखिन्छ।

यद्यपि, सार्वजनिक भएको पत्र पुरानो अभिलेख भएको र हालको कानुनी अवस्था के छ भन्ने विषयमा सम्बन्धित निकायबाट आधिकारिक धारणा आउन बाँकी छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

काभ्रेको विकट गाउँबाट हलोजोत्दै पढेका राज कुमार गौतम आज अष्ट्रेलियाको प्रतिष्ठित इन्जिनियर,गौतमको आँसु र सफलताको यात्रा

चौँरीदेउराली गाउँपालिकाद्वारा किसानलाई बुद्धिचित्तमाला बिरुवा वितरण कार्यक्रम

काभ्रेपलाञ्चोकको चौरीदेउराली पाथीभरा पाँचकन्या सेतीदेवी मन्दिरमा भव्य सामूहिक पूजा सम्पन्न

विद्यार्थी संगठन खारेजीबाट सरकार पछि नहट्ने प्रधानमन्त्री बालेन शाह

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको चौरी देउराली गाउपालिकाको प्रथम अधिवेशन सम्पन्न, काभ्रेमै पहिलो पालिका अधिवेशनको रेकर्ड

सहकारी संकट समाधानतर्फ सरकारको कदम, मन्त्री रावलको उच्चस्तरीय छलफल


TOP