
पढाइसँगै बहुप्रतिभाका धनी: SEE टपर प्रश्मिन चौलागाई Winsome English Boarding School का लगनशील विद्यार्थी प्रश्मिन चौलागाईं हालै सम्पन्न SEE (माध्यमिक शिक्षा परीक्षा) मा ४.० जीपीए प्राप्त गर्दै विद्यालयकै प्रथम स्थान हासिल गर्न सफल भएका छन्।




सानैदेखि मेहनती, अनुशासित र जेहेन्दार विद्यार्थीको रूपमा चिनिँदै आएका प्रश्मिन, अध्ययनमा मात्र नभई अतिरिक्त क्रियाकलापहरू जस्तै वक्तित्त्व्कला,लेखन, विज्ञान प्रदर्शनी, खेलकुदमा समेत सधैं अगाडि रहँदै आएका थिए। उनी विद्यालयका सबै कार्यक्रमहरूमा सक्रिय सहभागी विद्यार्थीको रूपमा सबैको मन जित्दै आएका थिए।
यस पटकको SEE परीक्षामा प्रश्मिनसँगै उनका केही साथीहरूले पनि ४.० GPA ल्याउन सफल भएका छन्, जसले गर्दा Winsome English Boarding School को शैक्षिक प्रतिष्ठा अझ उच्च बनेको छ। विद्यालयका अनुसार पढाइसँगै नेतृत्व र बहुपक्षीय सक्रियता देखाउने प्रश्मिन चौलागाईं र उनका चार साथी नै यस वर्षको समग्र उत्कृष्ट विद्यार्थीका रूपमा चिनिएका छन्।