शुक्रबार , असार २०, २०८२
“हामी बनाउँछौं हाम्रो वडा“:- चौरीदेउराली गाउँपालिका–६ कात्तिके देउरालीमा विकास अभियानको नयाँ चरण “ – Yuwa Daily

चौरीदेउराली – आर्थिक वर्ष २०८२-८३ का लागि चौरीदेउराली गाउँपालिका वडा नं. ६ कात्तिके देउरालीमा संघीय सरकार र बागमती प्रदेश सरकारबाट विभिन्न विकास योजना अन्तर्गत बजेट व्यवस्थापन भएको छ । “हामी बनाउँछौं हाम्रो वडा“ भन्ने नाराका साथ अगाडि बढाइएको यो अभियानले समृद्ध र दिगो विकासमा जोड दिने वाडा अध्यक्ष किश्वर राज गिरीले जानकारी दिएका छन्।
उनको पहिलो प्राथमिकता जोखिम युक्त बस्ती स्थानान्तरणको पहिलो कदम रहने पनि युवाडेल्ली मिडीया सग बताएका छन्।
यस अभियानमा साथ, सहयोग, र समर्थन जनाउनुहुने महानुभावहरुप्रति हार्दिक आभार प्रकट गर्दै “यो अभियानमा सबै पक्षको सहकार्यले हाम्रो वडालाई समृद्ध बनाउने दिशामा ठुलो टेवा पुग्ने, आगामी दिनमा पनि साथ, सहयोग, र सुझावको अपेक्षा छ।” भन्ने धारणा पनि प्रकट गरेका छन्।
उनले लेखेका छन् सहयोग पु¥याउनु हुने विशिष्ट महानुभावहरूः

बागमती प्रदेश सरकारका पूर्व मन्त्री तथा नेपाली कांग्रेस जिल्ला सभापति माननीय तिर्थ लामाज्यू

नेपाली कांग्रेसका अन्य नेतागण

प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री माननीय रत्न ढकालज्यू

माओवादी केन्द्रका नेतागण

आर्थिक मामिला तथा योजना मन्त्री माननीय कुन्दनराज काफ्लेज्यू

संस्कृति तथा पर्यटन मन्त्री माननीय बिमल ठकुरीज्यू

पूर्व संघीय सांसद तथा एमाले नेतृ नविना लामाज्यू

प्रदेश सरकारका मुख्य सचिव भूपाल बरालज्यू

योजना आयोगका सदस्य गुणराज मोक्तानज्यू

संघीय सरकार कृषि तथा पशुपंक्षी मन्त्रालयका सचिव रोशन अधिकारीज्यू

शहरी विकास तथा भवन कार्यालय, काभ्रेका प्रमुख भूमिनन्द ढकालज्यू

गाउँपालिका अध्यक्ष रेणुका चौलागाईंज्यू तथा उपाध्यक्ष शेरबहादुर तामाङज्यू

वडाध्यक्षज्यूहरु, स्थानीय नेतागण, र समाजसेवी व्यक्तित्वज्यूहरु

यस अभियानमार्फत खानेपानी, कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार, पर्यटन प्रवद्र्धन लगायतका योजनामा बजेट विनियोजन हुने बताइएको छ।

वडाध्यक्ष किश्वर राजा गिरीज्यूले सबै सम्बद्ध पक्षप्रति पुनः धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि विकासका कार्यहरूमा निरन्तर सहयोग र सुझाव दिन आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

“सँगै सधैंका लागि”द्वारा मकैको खोस्टाबाट फूल बुके बनाउने ५-दिने तालिम सुरु – स्थानीय महिलाहरूको आत्मनिर्भरता अभिवृद्धि गर्दै

केही गर्नु छ देशका लागि गित बाट तेस्रो राष्ट्रिय संगीत अवार्ड २०८२मा श्रीकान्त राणा क्षेत्री सम्मानित

‘देवी माध्यमिक विद्यालय सिन्धुपाल्चोकमा ‘सगै सधैका लागि’ संस्थाद्वारा विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण

पढाइसँगै बहुप्रतिभाका धनी: SEE टपर प्रश्मिन चौलागाईं

“हामी बनाउँछौं हाम्रो वडा“:- चौरीदेउराली गाउँपालिका–६ कात्तिके देउरालीमा विकास अभियानको नयाँ चरण “

“मध्यपुर ठिमीमा माईन्युट लेखन र नेतृत्वविकास तालिम सुरु”


TOP