
परिवर्तन बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा र मध्यपुर नगरपालिका वडा नं। ३ को सहकार्यमा माईन्युट लेखन तथा नेतृत्व विकास सम्बन्धी सात दिने तालिम आजदेखि सुरु भएको छ। तालिममा ३० जना प्रशिक्षार्थीको सक्रिय सहभागिता रहेको थियो।




कार्यक्रमको सभाध्यक्ष तथा संस्थाकी अध्यक्ष उमा भण्डारीले तालिम उद्घाटन गर्दै भनिन्, “यो कार्यक्रम हाम्रो संस्थाका लागि मात्र होइन, अन्य क्षेत्रका लागि पनि अत्यन्त आवश्यक रहेको पनि बताएकी छिन् ।
तालिमका प्रमुख अतिथि वडा नं. ३ का वडाअध्यक्ष कृष्ण हरी आचार्य रहेका थिए। उनले यस्तो कार्यक्रमले सहभागीहरूलाई व्यवहारिक सीप प्रदान गर्ने विश्वास व्यक्त गर्दै नगरपालिका २६ वर्ष पुरानो भइसक्दा पनि कतिपय कार्यहरू पुराना माईन्युटका दस्ताबेज हेरेर पनि गर्नु पर्ने बताएका छन् । त्यसैले माईनुट लेखन तालिम समयसापेक्ष भएको पनि बताए।”
उनले नेतृत्व विकास तालिमको सन्दर्भमा समाज, घर र राष्ट्रमा प्रभावकारी भूमिका निर्वाह गर्न नेतृत्व क्षमता अत्यावश्यक भएको उल्लेख गरेका छन् ।
सभाध्यक्ष भण्डारीले माईनुट लेखन र नेतृत्व कला देख्दा सामान्य लागे पनि व्यवहारिक रूपमा जटिल पक्ष रहेको पनि स्पष्ट पारेकी छिन्।
यस तालिमको प्रमुख प्रशिक्षक सुशीला नेपाल गुरागाईं रहनेछिन् भने कमला अधिकारी सहायक प्रशिक्षकको रूपमा साथ दिनेछिन्।
तालिम एक सातासम्म सञ्चालन हुने परिवर्तन बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्ष उमा भण्डारीले बताएकी छिन्।