शुक्रबार , असार २०, २०८२
ब्रिज ११को धमाकेदार जित, डेभाइज १२७ रनले धराशायी – Yuwa Daily

काठमाडौं
इंग्ल्यान्डको वील्सायरस्थित ऐतिहासिक डेभाइज क्रिकेट क्लब मैदानमा सम्पन्न ‘द ब्रिज डिकेड कप २०२५’ अन्तर्गत दोस्रो मैत्रीपूर्ण खेलमा ब्रिज ११ ले घरेलु टोली डेभाइज क्रिकेट क्लबमाथि १२७ रनको प्रचण्ड जित दर्ता गर्दै उत्कृष्ट प्रदर्शन गरेको छ।

खेलको प्रारम्भमा टस जित्दै पहिला बलिङ गर्ने निर्णय लिएको डेभाइजका लागि सुरुआत उत्साहजनक देखिए पनि, ब्रिज ११ का आक्रामक ब्याट्सम्यानहरूको प्रदर्शनले खेलको मोड नै परिवर्तन गरिदियो। ब्रिज ११ का तर्फबाट म्यानी गुरुङले २६ बलमा ५१ रन, दिवश गिरीले ३७ बलमा ६२ रन र कप्तान सन्दीप लामिछानेले मात्र २४ बलमा ५४ रनको तिव्र गतिको इनिङ खेले। तीव्र गति र आक्रामक शैलीको ब्याटिङले टोलीलाई ३०७ रनको विशाल स्कोरमा पु¥यायो।

बलिङतर्फ डेभाइजका जर्ज डनफोर्ड, क्यामरून ली र अल गवले समान रूपमा २-२ विकेट लिए पनि ब्रिज ११ को पारी रोक्न सकेनन्।

जवाफमा ३०८ रनको विशाल लक्ष्य पछ्याउँदै मैदान उत्रिएको डेभाइज क्रिकेट क्लबका ओपनर थमस एन्ड्र्युले ७१ बलमा शानदार १०१ रनको शतकिय इनिङ खेले। यद्यपि अन्य ब्याट्सम्यानहरू असफल हुँदा टोली १८० रनमै समेटियो। लुक ह्याम्बलिनले ३९ बलमा १० रन जोड्न सके।

ब्रिज ११ का बलरहरूले संयमित र योजनाबद्ध बलिङ प्रदर्शन गरे। कप्तान सन्दीप लामिछानेले १ विकेट हात पार्दा, मोसेसले २ विकेट तथा अमित, विकास र मार्क बर्टनले समान रूपमा १-१ विकेट लिए।

खेलपछि आयोजित पुरस्कार तथा ट्रफी वितरण समारोहमा ब्रिज इन्टरनेशनल कन्सल्टेन्सीका प्रमुख कार्यकारी अधिकृत (CEO) भुवन गिरीले संस्थाको १० वर्षे सफल यात्रालाई सामाजिक उत्तरदायित्वसँग जोड्दै यस्ता प्रतियोगिताहरू आयोजना गर्न पाउनुमा सन्तुष्टि व्यक्त गरे।

कार्यक्रम संयोजक विज्ञान कार्कीले खेलमार्फत स्थानीय समुदाय र खेलप्रेमीहरूबीच आपसी सद्भाव र समन्वय अझ प्रगाढ हुने विश्वास व्यक्त गरे। प्रतियोगितामा प्राविधिक सहयोग पुर्याएको म्याक्स क्रिकेट क्लबका कप्तान म्यानी गुरुङले ब्रिज कपको हिस्सा बन्न पाउनु गौरवको कुरा भएको उल्लेख गरे।

ब्रिज कपका निर्देशक अमित प्रकाश घिमिरेले संस्थागत स्थायित्वसँगै सामाजिक उत्तरदायित्वमा थप योगदान पु¥याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जानकारी गराए।

ब्रिज इन्टरनेशनल कन्सल्टेन्सीका अध्यक्ष महेश गिरीले सम्पूर्ण सहभागी र सहयोगीलाई धन्यवाद दिँदै भविष्यमा अझ व्यापक, अन्तर्राष्ट्रिय स्तरका खेल आयोजनाको प्रतिबद्धता व्यक्त गरे। साथै, अन्तर्राष्ट्रिय ख्यातिप्राप्त खेलाडी सन्दीप लामिछानेलाई आफ्नो ब्राण्ड एम्बासडर बनाएकोमा गर्व लागेको धारणा राखे।

सोही अवसरमा कोभेन्ट्री युनिभर्सिटी, लन्डनबाट २०२४ र २०२५ का लागि ‘स्टुडेन्ट अफ द इयर’को उपाधि प्राप्त नेपाली युवा विप्लब खड्कालाई विशेष सम्मान प्रदान गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

“सँगै सधैंका लागि”द्वारा मकैको खोस्टाबाट फूल बुके बनाउने ५-दिने तालिम सुरु – स्थानीय महिलाहरूको आत्मनिर्भरता अभिवृद्धि गर्दै

केही गर्नु छ देशका लागि गित बाट तेस्रो राष्ट्रिय संगीत अवार्ड २०८२मा श्रीकान्त राणा क्षेत्री सम्मानित

‘देवी माध्यमिक विद्यालय सिन्धुपाल्चोकमा ‘सगै सधैका लागि’ संस्थाद्वारा विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण

पढाइसँगै बहुप्रतिभाका धनी: SEE टपर प्रश्मिन चौलागाईं

“हामी बनाउँछौं हाम्रो वडा“:- चौरीदेउराली गाउँपालिका–६ कात्तिके देउरालीमा विकास अभियानको नयाँ चरण “

“मध्यपुर ठिमीमा माईन्युट लेखन र नेतृत्वविकास तालिम सुरु”


TOP