
बैतडी घर भएका उदीयमान गायक श्रीकान्त राणा क्षेत्री तेस्रो राष्ट्रिय संगीत अवार्ड २०८२ मा राष्ट्रभाव व्यक्त गरिएको गीत ‘केही गर्नु छ देशका लागि असल भक्तले’ मार्फत सम्मानित भएका छन्।




संगीतको यात्रामा पहिलोपटक राष्ट्रिय स्तरको अवार्ड प्राप्त गर्दै उनले आफ्नो पहिलो सफलता, पहिलो खुसी र पहिलो औपचारिक मान्यता पाएको बताउँदै सबैप्रति आभार व्यक्त गरेका छन् ।
उनले आफू एक सिक्दै अघि बढिरहेको कलाकारलाई अपार मायाको साथ आज अवार्ड जित्न सकेकाले यो अवार्डको हकदार बन्न पुगेको पनि जिकिर गरेका छन् । उनले अवार्डसँगै जिम्मेवारी थपिएको महसुस गर्दै आगामी दिनहरूमा अझ समर्पण र लगनका साथ संगीत क्षेत्रमा लाग्ने प्रतिबद्धता जनाएका छन्।
उनले सम्पूर्ण मतदाता, शुभेच्छुक, आयोजक संस्था र विशेषगरी आफूलाई मार्ग देखाउँदै सहभागी गराउन प्रेरित गर्ने प्रति गहिरो सम्मान र धन्यवाद व्यक्त गरेका छन्।