शुक्रबार , असार २०, २०८२
“सँगै सधैंका लागि”द्वारा मकैको खोस्टाबाट फूल बुके बनाउने ५-दिने तालिम सुरु – स्थानीय महिलाहरूको आत्मनिर्भरता अभिवृद्धि गर्दै – Yuwa Daily

स्थानीय महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ “सँगै सधैंका लागि” संस्थाले आजदेखि ५-दिनसम्म सञ्चालन हुने मकैको खोस्टाबाट फूल बुके सामग्री बनाउने तालिम सुरु गरेको छ। तालिमको उद्घाटन मध्यपुर ठिमी नगरपालिकाका वडा नम्बर ३ का वडा अध्यक्ष तथा नगर प्रवक्ता कृष्ण हरी आचार्यले गर्नुभएको हो। कार्यक्रम संस्थापक अध्यक्ष सुशीला नेपाल गुरागाईको अध्यक्षतामा सम्पन्न भएको थियो।


अध्यक्ष गुरागाईले तालिमको उद्देश्य वडा नम्बर ३ का स्थानीय दिदीबहिनीहरूलाई लक्षित गर्दै मकैको खेर गएका खोस्टाको पुनः प्रयोगमार्फत उनीहरूलाई स्वरोजगारतर्फ उन्मुख गराउनु रहेको बताएकी छिन् ।
“फोहोर ठानिएको वस्तुबाट पनि सजावटको सामग्री तयार गरी आम्दानी (मोहोर) गर्न सकिन्छ भन्ने उदाहरण दिन यो तालिमले सहयोग गर्नेछ।” गुरागाईले बताएकी छिन् ।


उनका अनुसार संस्थाले विगत लामो समयदेखि उद्घोषण तथा भाषण कला तालिम, राहत वितरण लगायत सामाजिक सशक्तिकरणका विविध कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। तालिम आजदेखि सुरु भई २२ गतेसम्म अर्थात् ५ दिनसम्म सञ्चालन हुनेछ। सहभागी महिलाहरूले मकैको खोस्टाबाट आकर्षक फूल तथा बुके सामग्री निर्माण गर्ने सीप सिक्नेछन्, जसलाई आगामी दिनमा उनीहरूले व्यवसायिकरूपमा समेत विस्तार गर्न सक्ने आशा गरिएको  भने वडा अध्यक्ष कृष्ण हरी आचार्यले यस्ता सीपमूलक तालिमहरूले महिलाहरूको जीवनस्तर सुधारमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै, “विगतमा पनि वडा तथा नगरले यस्ता कार्यक्रम गर्दै आएको र समाजमा सकारात्मक सन्देश दिन र सुरक्षित समाज निर्माणतर्फ यस्ता कार्यक्रमले सहयोग पुर्‍याएको पनि बताएका छन्।


“यस तालिमबाट सीप प्राप्त गरेका महिलाहरूलाई वडाले नै रोजगारी दिने प्रतिबद्धता व्यक्त गरेका छन्। आगामी वर्ष यस्तो कार्यक्रम वडामा मात्र नभई नगरैभरि सञ्चालन गर्ने योजना पनि रहेको बताएका छन्।” कार्यक्रमका संयोजक साधना थापा र संस्थाकी कोषाध्यक्ष गोमाकुमारी रिजालको सक्रिय सहकार्यमा तालिम सञ्चालन भएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

“सँगै सधैंका लागि”द्वारा मकैको खोस्टाबाट फूल बुके बनाउने ५-दिने तालिम सुरु – स्थानीय महिलाहरूको आत्मनिर्भरता अभिवृद्धि गर्दै

केही गर्नु छ देशका लागि गित बाट तेस्रो राष्ट्रिय संगीत अवार्ड २०८२मा श्रीकान्त राणा क्षेत्री सम्मानित

‘देवी माध्यमिक विद्यालय सिन्धुपाल्चोकमा ‘सगै सधैका लागि’ संस्थाद्वारा विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण

पढाइसँगै बहुप्रतिभाका धनी: SEE टपर प्रश्मिन चौलागाईं

“हामी बनाउँछौं हाम्रो वडा“:- चौरीदेउराली गाउँपालिका–६ कात्तिके देउरालीमा विकास अभियानको नयाँ चरण “

“मध्यपुर ठिमीमा माईन्युट लेखन र नेतृत्वविकास तालिम सुरु”


TOP