बिहिबार , जेठ २८, २०८३
युरोप लैजान्छु भन्दै नक्कली कागजात प्रयोग गरेर रकम असुल्ने मधु कार्की अन्ततः प्रहरी नियन्त्रणमा – Yuwa Daily

काठमाडौं । नेपाली युवाहरूलाई युरोपका विभिन्न देशमा आकर्षक रोजगारीमा पठाइदिने प्रलोभन देखाएर रकम असुली गरेको आरोपमा मधु कार्की पक्राउ परेकी छन्। प्रहरी स्रोतका अनुसार कार्कीलाई काठमाडौंबाट पक्राउ गरी वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दामा थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ।

प्रहरीले अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको जनाएको छ। हाल उनी कालीमाटी प्रहरी वृत्तको हिरासतमा रहेको बुझिएको छ।

अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार कार्कीले जर्मनी, चेक गणतन्त्र, स्लोभाकिया, हंगेरी लगायत युरोपेली मुलुकमा रोजगारीको अवसर रहेको भन्दै विभिन्न युवाहरूबाट ठूलो रकम संकलन गरेकी थिइन्। पीडितहरूको भनाइ अनुसार उनले वैदेशिक रोजगारीको आकर्षक आश्वासन दिएर रकम उठाउने, विभिन्न प्रक्रिया अगाडि बढेको देखाउने र अन्ततः सम्पर्कविहीन हुने गरेको आरोप छ।

प्रहरी स्रोतका अनुसार अनुसन्धानका क्रममा केही युवाहरूलाई देखाइएका कागजातहरू शंकास्पद देखिएको र नक्कली कागजात प्रयोग गरी विश्वास दिलाउने प्रयास भएको हुन सक्ने आशंकामा समेत छानबिन भइरहेको छ। रकम संकलनका लागि उनले आफ्नै खाताको सट्टा अन्य व्यक्तिका बैंक खाताहरू प्रयोग गरेको हुन सक्ने विषयमा पनि अनुसन्धान केन्द्रित गरिएको छ।

कार्कीको नाम यसअघि पनि वैदेशिक रोजगारीका नाममा रकम असुली गरेको आरोपमा चर्चामा आएको थियो। त्यसबेला उनी धरौटीमा रिहा भएकी थिइन्। उनी काठमाडौं–९ बाट प्रतिनिधिसभा सदस्य पदका लागि स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचनमा समेत प्रतिस्पर्धा गरेकी थिइन्।

सार्वजनिक अभिलेख अनुसार कार्कीले पत्रकारितासँग सम्बन्धित गतिविधिहरूमा समेत संलग्नता जनाएको देखिन्छ। यद्यपि पछिल्लो समय वैदेशिक रोजगारीका नाममा भएको भनिएको आर्थिक कारोबार र उजुरीहरूमाथि प्रहरीको अनुसन्धान केन्द्रित रहेको छ।

प्रहरीले घटनासम्बन्धी थप प्रमाण संकलन, आर्थिक कारोबारको विवरण अध्ययन तथा पीडितहरूको बयान लिने कार्य जारी रहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

काभ्रेको विकट गाउँबाट हलोजोत्दै पढेका राज कुमार गौतम आज अष्ट्रेलियाको प्रतिष्ठित इन्जिनियर,गौतमको आँसु र सफलताको यात्रा

चौँरीदेउराली गाउँपालिकाद्वारा किसानलाई बुद्धिचित्तमाला बिरुवा वितरण कार्यक्रम

काभ्रेपलाञ्चोकको चौरीदेउराली पाथीभरा पाँचकन्या सेतीदेवी मन्दिरमा भव्य सामूहिक पूजा सम्पन्न

सडक संघर्षले थकित बनेको अनुहार, तर न्यायको लडाइँ अझै जारी — कालिकोटकी यमुना खत्री

विद्यार्थी संगठन खारेजीबाट सरकार पछि नहट्ने प्रधानमन्त्री बालेन शाह

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको चौरी देउराली गाउपालिकाको प्रथम अधिवेशन सम्पन्न, काभ्रेमै पहिलो पालिका अधिवेशनको रेकर्ड


TOP