काठमाडौँ । स्पेनसँग फिफा विश्वकप २0२६ को फाइनलमा १–0ले पराजित भएपछि अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनल स्कालोनी पत्रकार सम्मेलनमै भावुक बनेका छन्। भविष्यबारे सोधिएको प्रश्नको जवाफ दिने क्रममा उनी आँसु रोक्न नसकी पत्रकार सम्मेलन बीचमै छाडेर बाहिरिएका थिए।
४८ वर्षीय स्कालोनीले सन् २0२२ को कतार विश्वकप जिताएर अर्जेन्टिनालाई विश्वविजेता बनाएका थिए। यसपटक लगातार दोस्रो विश्वकप उपाधि दिलाउने लक्ष्य लिए पनि अतिरिक्त समयको १0
६औँ मिनेटमा फेरान टोरेसले गरेको निर्णायक गोलसँगै स्पेनले १–0 को जित निकाल्दै अर्जेन्टिनाको उपाधि रक्षा गर्ने सपना समाप्त गरिदियो।



डिसेम्बरमा आफ्नो सम्झौता सकिने भएकाले भविष्यबारे सोधिएको प्रश्नमा स्कालोनी निकै भावुक देखिए। उनले अर्जेन्टिना फुटबल संघका अध्यक्षसँग आफ्नो भविष्यबारे छलफल गर्ने बताए।
“म अध्यक्षसँग कुरा गर्नेछु। मैले के गर्न चाहन्छु भन्नेबारे केही सोच बनाएको छु। सम्झौता सकिएसम्म आफ्नो जिम्मेवारी पूरा गर्नेछु। यति ठूलो उपलब्धिपछि अब के गर्ने भन्नेबारे गम्भीर रूपमा सोच्न आवश्यक छ। हामीले यस विषयमा छलफल गर्नुपर्छ,” उनले भने।
स्कालोनीले अर्जेन्टिना फुटबल संघका अध्यक्षप्रति आभार व्यक्त गर्दै राष्ट्रिय टोलीको नेतृत्व गर्ने अवसर आफ्नो जीवनकै ठूलो सपना भएको बताए।
“मलाई यो स्थानमा पुग्ने अवसर दिएकोमा अध्यक्षप्रति आभारी छु। यो हरेक प्रशिक्षकको सपना हो। प्रशिक्षक टोली र खेलाडीहरूले अन्तिम क्षणसम्म आफ्नो सम्पूर्ण प्रयास गरेका छन्। अब मैले आफ्ना लागि केही समय निकालेर भविष्यबारे सोच्न आवश्यक ठानेको छु,” उनले भने।
यति भन्दै जाँदा स्कालोनीको स्वर भरिएको थियो। आँसु पुछ्दै उनले भने, “मलाई साथ दिनुहोस्, म अघि बढ्न सक्छु कि सक्दिन, थाहा छैन।”
उनले अर्जेन्टिनाको राष्ट्रिय टोलीको प्रशिक्षक बन्ने अवसर आफू र आफ्नो सहयोगी टोलीले कहिल्यै कल्पना नगरेको उल्लेख गर्दै अब टोलीलाई नयाँ ऊर्जा र सोचका साथ अघि बढाउनुपर्ने अवस्था आएको बताए।
“यो स्थान अद्भुत छ, सपनाजस्तै छ। हामीले यहाँसम्म पुग्ने कल्पना पनि गरेका थिएनौँ। तर यहाँ निरन्तर रहन मानसिक रूपमा नयाँ सु?आत गर्नुपर्छ। फेरि यस्तै टोली निर्माण गर्नु निकै कठिन काम हो,” उनले भने।
त्यसपछि स्कालोनी कुर्सीबाट उठे, पत्रकारहरूसँग माफी माग्दै भने, “यो निकै पीडादायी छ। म साँच्चै क्षमाप्रार्थी छु।”
यति भन्दै उनी पत्रकार सम्मेलन बीचमै छाडेर बाहिरिएका थिए। फाइनलको हारसँगै स्कालोनीको भविष्यबारे चर्चा सु? भएको भए पनि उनले तत्काल कुनै अन्तिम निर्णय भने सार्वजनिक गरेका छैनन्।







