मंगलबार , साउन ५, २०८३
खाद्य प्रविधिले त्रुटि औंल्याएका निश्चित ब्याचका चाउचाउ सीजी फुड्सले बजारबाट फिर्ता लियो – Yuwa Daily

सीजी फुड्सद्वारा खाद्य प्रविधीले त्रुटी औल्याइएका ब्याचका उत्पादन बजारबाट फिर्ता बजारमा रहेका उत्पादन गुणस्तरीय रहेकाले भ्रममा नपर्न उपभोक्तालाई आग्रह काठमाडौं । सीजी फुड्स इन्टरप्राइज बर्दियाले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तरमा त्रुटी औल्याइदिएका निश्चित ब्याच नम्बरका उत्पादनहरू बजारबाट फिर्ता लिएको छ । चाउचाउ उत्पादनका क्रममा सिमित ब्याचमा सामान्य त्रुटी भएको विभागले औल्याएपछि सीजी फुड्सले यस्ता उत्पादन बजारबाट तत्कालै फिर्ता लिई उपभोक्ताका लागि बजारमा गुणस्तीय उत्पादन रहेको सुनिश्चित गरेको हो । विभागले गोलमोल इन्स्ट्यान्ट नुडल्स (२५ ग्राम) को ब्याच नम्बर B/BM2D, २०८३.०१.११, वाइवाइ फुल मिल इन्स्ट्यान्ट नुडल्स (६० ग्राम) को ब्याच नम्बर B/BM1–X–२०२६–०५–१४, प्रिमियम पिरो इन्स्ट्यान्ट नुडल्स (२५ ग्राम) को ब्याच नम्बर B/BM2,C,२०८३.०१.२८ र मामा इन्स्ट्यान्ट नुडल्स (६० ग्राम) को ब्याच नम्बर B/BM1–X–२०२६–०५–१३ मा त्रुटी औल्याएको थियो । विभागले त्रुटी औल्याउनासाथ सीजी फुड्सले यि ब्याचका उत्पादन बजारबाट फिर्ता लिएको हो । सीजी फुड्सले यो त्रुटी बर्दियास्थित प्लान्टबाट उत्पादित एवं सोही सिमित एरियामा वितरित वस्तुहरुमा मात्रै रहेको र यसलाई तत्कालै निराकरण गरिएको पनि स्पष्ट पारेको छ । यस बाहेक नेपालका अन्य कुनै पनि क्षेत्रका बजारमा समस्या नरहेको र नियोजित रुपमा फैलाउन सकिने भ्रममा विल्कुलै नपर्नुहुन पनि सीजी फुड्सले आफ्‌ना उपभोक्तासमक्ष अपिल गरेका छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

विदेशबाट फर्केर स्वदेशमै उद्यम, युवालाई प्रेरणा बन्दै श्रीमान तामाङ

रामेछापको पञ्चकन्या आधारभूत विद्यालयमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनको निर्णय कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोश

आज राति उठ्नुहोस् भो लि  सम्बन्धित निकाय सग समन्वय गर्दिन्छु भन्दा मानेनन् पीडित, सिंहदरबारको गेटमै धर्ना जारी

मिस नेपाल २०२६ मा सबैको ध्यान खिच्दै विभुषा बस्नेत, किन विशेष छिन् प्रतियोगी नम्बर १९?

मन्त्रि प्रतिभा रावल झापाको बुद्धशान्तीमा ५ परिवारलाई लालपुर्जा वितरण,५ अव्यवस्थित परिवारलाई लालपुर्जा वितरण

सिंहदरबार दक्षिण गेट अगाडि मोटरसाइकल पार्किङ गरेर एमाले अखिलको प्रदर्शन


TOP