आइतबार , अषोज २५, २०८३
वैदेशिक रोजगार विभाग पुगे मन्त्री यादव, पीडितका गुनासा सुने – Yuwa Daily

काठमाडौं।ले वैदेशिक रोजगार विभागको अनुगमन गरेका छन्। उनी आज बिहान कार्यालय समय सुरु भएपछि विभाग पुगेर विभागको कामकारबाहीबारे जानकारी लिएका हुन्।

विभागकी महानिर्देशक मिरा आचार्यले मन्त्री यादवलाई विभागको समग्र कार्यप्रगति र सेवा प्रवाहबारे जानकारी गराएकी थिइन्। त्यसक्रममा मन्त्री यादवले कर्मचारीहरूसँग कामको अवस्थाबारे छलफल गर्नुका साथै वैदेशिक रोजगारीका क्रममा पीडित बनेका केही सेवाग्राहीका गुनासा पनि सुने।

पीडितहरूले पक्राउ पुर्जी जारी भएका व्यक्तिहरू खुलेआम हिँडडुल गरिरहे पनि सम्बन्धित जिल्लाका प्रहरीले पक्राउ नगरेको गुनासो मन्त्रीसमक्ष गरेका थिए।

गुनासो सुनेपछि मन्त्री यादवले पक्राउ पुर्जी जारी भएका व्यक्तिलाई तत्काल पक्राउ गरी उपस्थित गराउन सम्बन्धित जिल्लाका प्रहरीसँग समन्वय गर्न विभागका कर्मचारीलाई निर्देशन दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

ज्वाला संग्रौलाको यथार्थ अभिव्यक्ति विपक्षीलाई भारी

१

मार्तडीमा हिमालयन मस्क स्पोर्ट्स एकेडेमी सञ्चालनमा

२

सिंहदरबार प्रवेशमा नागरिकलाई सहज व्यवस्था गर्न सांसद ज्वाला संग्रौलाको माग

३

निर्माण व्यवसायी संघ काभ्रेको अध्यक्षमा अकुर प्रसाद गौतम सर्वसम्मत निर्वाचित

४

नयाँ पत्रिका कर्मि अयडी सिडिसी नेपालबाट सम्मानित

५

तीज : परम्परा मात्रै होइन, बदलिँदो समाजको ऐना पनि हो

६


TOP