शुक्रबार , असार २०, २०८२
आलोचना भएपछि प्रकाश सपुतले हटाए गीतको विवादित संवाद – Yuwa Daily

काठमाडौँ : नयाँ गीत ‘जाली रुमाल फाट्यो – कुरा बुझ्नु पर्छ २’को भिडियो विवादित भएपछि गायक प्रकाश सपुतले त्यसमा राखिएको संवाद हटाएका छन् । यो समाचार तयार पार्दासम्म युट्युबमा झन्डै ३० लाख भ्यूज पाएको सो गीतको भिडियोको अन्तिममा राखिएको संवाद हटाईएको हो ।

सपुत र समिक्षा अधिकारीको स्वरमा रहेको यस गीतको भिडियोमा सपुत, आँचल शर्मा र स्वस्तिमा खड्काले अभिनय गरेका छन् । छुवाछुतको विरुद्ध आवाज उठाएको यस गीतमा रहेको एक संवाद भद्‍दा र अपाच्य रहेको भन्दै व्यापक आलोचना भएको थियो । प्रकाशलाई चर्चा र विवादबाट सस्तो लोकप्रियताको जरुरत नभएको तर उनले आफूलाई सस्तो प्रचार गरेको भन्दै खण्डन भएको थियो ।

सपुतले सोमवार साँझ भिडियोबाट संवाद हटाएका छन् । सार्वजनिक रूपमा भने यसबारेमा उनले बोलेका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

“सँगै सधैंका लागि”द्वारा मकैको खोस्टाबाट फूल बुके बनाउने ५-दिने तालिम सुरु – स्थानीय महिलाहरूको आत्मनिर्भरता अभिवृद्धि गर्दै

केही गर्नु छ देशका लागि गित बाट तेस्रो राष्ट्रिय संगीत अवार्ड २०८२मा श्रीकान्त राणा क्षेत्री सम्मानित

‘देवी माध्यमिक विद्यालय सिन्धुपाल्चोकमा ‘सगै सधैका लागि’ संस्थाद्वारा विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण

पढाइसँगै बहुप्रतिभाका धनी: SEE टपर प्रश्मिन चौलागाईं

“हामी बनाउँछौं हाम्रो वडा“:- चौरीदेउराली गाउँपालिका–६ कात्तिके देउरालीमा विकास अभियानको नयाँ चरण “

“मध्यपुर ठिमीमा माईन्युट लेखन र नेतृत्वविकास तालिम सुरु”


TOP