आइतबार , साउन १०, २०८३
फ्रान्समा १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने तयारी – Yuwa Daily

एजेन्सी। फ्रान्सले १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने दिशामा महत्वपूर्ण कदम चालेको छ। राष्ट्रपति इमानुएल म्याक्रोनले संसदबाट आवश्यक समर्थन प्राप्त भएको जनाउँदै निर्णय छिट्टै कार्यान्वयनमा ल्याइने बताएका छन्।

राष्ट्रपति म्याक्रोनले सामाजिक सञ्जाल एक्स मार्फत सांसदहरूलाई समर्थनका लागि धन्यवाद दिँदै बालबालिकालाई अनलाइनको असुरक्षाबाट जोगाउन यो कदम आवश्यक रहेको उल्लेख गरेका छन्। उनका अनुसार प्रतिबन्धको कार्यान्वयन संवैधानिक परिषद्को अन्तिम निर्णयमा निर्भर रहनेछ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनएनका अनुसार यो निर्णय लागू भएमा फ्रान्स सामाजिक सञ्जालमा उमेरको कानुनी सीमा लागू गर्ने युरोपेली सङ्घको पहिलो देश बन्नेछ।

यसअघि बेलायतले पनि १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने योजना सार्वजनिक गरेको थियो। तत्कालीन प्रधानमन्त्री कीर स्टारमरले सामाजिक सञ्जालको अत्यधिक प्रयोगले बालबालिकाको खेलकुद, निद्रा, पारिवारिक समय र मानसिक स्वास्थ्यमा नकारात्मक असर पारिरहेको बताएका थिए।

यस्तै, जापानले कम उमेरका प्रयोगकर्ताको सुरक्षाका लागि सामाजिक सञ्जाल कम्पनीहरूलाई कडा उमेर प्रमाणीकरण प्रणाली लागू गर्न तथा केही सुविधामा प्रतिबन्ध लगाउने प्रस्ताव अघि सारेको छ।

यसअघि अष्ट्रेलियाले १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा पूर्ण प्रतिबन्ध लगाइसकेको छ। स्पेन, डेनमार्कलगायत अन्य युरोपेली देशहरूले पनि यस्तै नीति अपनाउने विषयमा छलफल गरिरहेका छन्।

बालबालिकाको मानसिक स्वास्थ्य, अनलाइन सुरक्षा र डिजिटल लत नियन्त्रणका लागि विश्वका विभिन्न देशहरूले सामाजिक सञ्जालको प्रयोगमा उमेरसम्बन्धी कडा व्यवस्था लागू गर्ने क्रम बढ्दै गएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

विदेशबाट फर्केर स्वदेशमै उद्यम, युवालाई प्रेरणा बन्दै श्रीमान तामाङ

रामेछापको पञ्चकन्या आधारभूत विद्यालयमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनको निर्णय कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोश

आज राति उठ्नुहोस् भो लि  सम्बन्धित निकाय सग समन्वय गर्दिन्छु भन्दा मानेनन् पीडित, सिंहदरबारको गेटमै धर्ना जारी

मन्त्रि प्रतिभा रावल झापाको बुद्धशान्तीमा ५ परिवारलाई लालपुर्जा वितरण,५ अव्यवस्थित परिवारलाई लालपुर्जा वितरण

मिस नेपाल २०२६ मा सबैको ध्यान खिच्दै विभुषा बस्नेत, किन विशेष छिन् प्रतियोगी नम्बर १९?

सिंहदरबार दक्षिण गेट अगाडि मोटरसाइकल पार्किङ गरेर एमाले अखिलको प्रदर्शन


TOP