बिहिबार , साउन १४, २०८३
शिव शिखर सहकारीका हालसम्म १,४०० बचतकर्ताले पाए बचत फिर्ता – Yuwa Daily

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर बहुउद्देश्यीय सहकारीका थप ५६ जना पीडित बचतकर्तालाई बचत रकम फिर्ता गरेको छ। यससँगै हालसम्म शिव शिखर सहकारीका करिब १,४०० जना बचतकर्ताले आफ्नो बचत फिर्ता पाइसकेका छन्।

समितिका अनुसार सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकमका आधारमा बचतकर्तालाई चरणबद्ध रूपमा रकम फिर्ता गर्ने कार्य जारी रहेको छ। पहिलो चरणमा कम बचत रकम भएका बचतकर्तालाई प्राथमिकता दिइएको र क्रमशः अन्य बचतकर्तालाई पनि रकम फिर्ता गरिने जनाइएको छ।

सरकारले समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ। प्रचलित कानुनी व्यवस्था अनुसार बचत फिर्ता गर्ने प्रक्रिया निरन्तर अगाडि बढिरहेको समितिले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

विदेशबाट फर्केर स्वदेशमै उद्यम, युवालाई प्रेरणा बन्दै श्रीमान तामाङ

रामेछापको पञ्चकन्या आधारभूत विद्यालयमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनको निर्णय कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोश

चौरिदेउरालीका समस्या समाधानमा सांसद चौलागाईको चासो, खानेपानीलाई उच्च प्राथमिकता

आज राति उठ्नुहोस् भो लि  सम्बन्धित निकाय सग समन्वय गर्दिन्छु भन्दा मानेनन् पीडित, सिंहदरबारको गेटमै धर्ना जारी

मिस नेपाल २०२६ मा सबैको ध्यान खिच्दै विभुषा बस्नेत, किन विशेष छिन् प्रतियोगी नम्बर १९?

मन्त्रि प्रतिभा रावल झापाको बुद्धशान्तीमा ५ परिवारलाई लालपुर्जा वितरण,५ अव्यवस्थित परिवारलाई लालपुर्जा वितरण


TOP