काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।
प्रधानमन्त्री निकट स्रोतका अनुसार सुनसरीमा घटेको घटनापछिको विकसित परिस्थितिबारे आफ्नो धारणा सार्वजनिक गर्न प्रधानमन्त्री शाहले आजै राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन्।



स्रोतका अनुसार सम्बोधनको तयारी अन्तिम चरणमा पुगेको छ। सम्बोधनको समय भने औपचारिक रूपमा सार्वजनिक गरिएको छैन।
सुनसरी घटनापछि उत्पन्न परिस्थितिबारे सरकारको धारणा, आगामी कदम तथा नागरिकलाई सम्बोधन गर्ने विषय प्रधानमन्त्रीको सम्बोधनमा समेटिने अपेक्षा गरिएको छ।
सरकारले सम्बोधनको आधिकारिक समय र माध्यमबारे भने हालसम्म कुनै जानकारी सार्वजनिक गरेको छैन।






