आइतबार , साउन १७, २०८३
गोठाटार आगलागीमा १४ पसल जले, एक जना घाइते – Yuwa Daily

काठमाडौं,  काठमाडौंको गोठाटारस्थित पहेँलो पुल नजिक शनिबार राति भएको आगलागीमा १४ वटा विभिन्न व्यवसायिक पसलमा क्षति पुगेको छ।

प्रहरीका अनुसार राति करिब ९:१५ बजे रवीन्द्र भट्टराईले सञ्चालन गरेको काठको गोदाम र सटरमा विद्युत् सर्ट भएर आगलागी सुरु भएको थियो। आगो तीव्र रूपमा फैलिँदा फर्निचर, मोबाइल, कस्मेटिक, हेल्मेट, अटो रिकन्डिसन, हार्डवेयर, किराना, स्टेशनरी, मिठाइलगायतका पसल जलेका हुन्।

आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी तथा ९ वटा दमकल र ३ वटा पानी ट्याङ्की परिचालन गरिएको थियो। करिब राति ११ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।

आगो निभाउने क्रममा कागेश्वरी मनोहरा नगरपालिका–९ निवासी ३७ वर्षीय नरेश थापा लडेर घाइते भएका छन्। उनलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर पठाइएको छ।

आगलागीबाट भएको आर्थिक क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। आगलागीको कारण र क्षतिको विस्तृत मूल्यांकनका लागि थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

विदेशबाट फर्केर स्वदेशमै उद्यम, युवालाई प्रेरणा बन्दै श्रीमान तामाङ

रामेछापको पञ्चकन्या आधारभूत विद्यालयमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनको निर्णय कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोश

चौरिदेउरालीका समस्या समाधानमा सांसद चौलागाईको चासो, खानेपानीलाई उच्च प्राथमिकता

आज राति उठ्नुहोस् भो लि  सम्बन्धित निकाय सग समन्वय गर्दिन्छु भन्दा मानेनन् पीडित, सिंहदरबारको गेटमै धर्ना जारी

मिस नेपाल २०२६ मा सबैको ध्यान खिच्दै विभुषा बस्नेत, किन विशेष छिन् प्रतियोगी नम्बर १९?

मन्त्रि प्रतिभा रावल झापाको बुद्धशान्तीमा ५ परिवारलाई लालपुर्जा वितरण,५ अव्यवस्थित परिवारलाई लालपुर्जा वितरण


TOP