आइतबार , अषोज २५, २०८३
सप्तरीमा कर्फ्यु कायमै, बिहान ७ देखि ११ बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने – Yuwa Daily

सप्तरी,  जिल्ला प्रशासन कार्यालय सप्तरीले जिल्लामा जारी कर्फ्यु आदेश कायमै राख्दै अत्यावश्यक दैनिक उपभोग्य सामग्री खरिद–बिक्रीका लागि आज बिहान ७ बजेदेखि ११ बजेसम्म कर्फ्यु खुकुलो बनाएको छ।

प्रशासनले तोकिएको समयभित्र खाद्यान्न तथा अन्य अत्यावश्यक सामग्री खरिद गर्न सकिने व्यवस्था मिलाइएको जनाएको छ। निर्धारित समय सकिएपछि भने कर्फ्यु पूर्ण रूपमा लागू हुने भएकाले यसको पालना गर्न र शान्ति–सुरक्षा कायम राख्न सबैलाई आग्रह गरिएको छ।

।

प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले तोकिएको अवधिमा पाँच जनाभन्दा बढी व्यक्ति हुल बाँधेर अशान्ति फैलाउने, उच्छृङ्खल गतिविधि गर्ने वा गराउने कार्य गरेको पाइए कानुनबमोजिम कारबाही गरिने चेतावनी दिएका छन्।

सप्तरीको बोदेबरसाइन क्षेत्रमा साउन १४ गते राति १० बजेदेखि र राजबिराज क्षेत्रमा साउन १५ गते बिहान ८ बजेदेखि कर्फ्यु आदेश जारी गरिएको थियो। प्रशासनले सुरक्षा अवस्थाको निरन्तर समीक्षा गर्दै आवश्यकताअनुसार थप निर्णय लिने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

ज्वाला संग्रौलाको यथार्थ अभिव्यक्ति विपक्षीलाई भारी

१

मार्तडीमा हिमालयन मस्क स्पोर्ट्स एकेडेमी सञ्चालनमा

२

सिंहदरबार प्रवेशमा नागरिकलाई सहज व्यवस्था गर्न सांसद ज्वाला संग्रौलाको माग

३

निर्माण व्यवसायी संघ काभ्रेको अध्यक्षमा अकुर प्रसाद गौतम सर्वसम्मत निर्वाचित

४

नयाँ पत्रिका कर्मि अयडी सिडिसी नेपालबाट सम्मानित

५

तीज : परम्परा मात्रै होइन, बदलिँदो समाजको ऐना पनि हो

६


TOP