आइतबार , साउन १७, २०८३
संसदीय विषयगत समितिमा पनि ई–हाजिरी सुरु – Yuwa Daily

काठमाडौं — संघीय संसद्अन्तर्गतका संसदीय विषयगत समितिहरूमा पनि विद्युतीय हाजिरी (ई–हाजिरी) प्रणाली लागू गरिएको छ। प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति, संयुक्त समिति तथा संसदीय सुनुवाइ समितिले यस प्रणालीको प्रयोग सुरु गरिसकेका छन्।

संघीय संसद् सचिवालयका उपसचिव तथा सूचना अधिकारी साबित्रा शर्माका अनुसार अहिले सबै संसदीय विषयगत समितिमा ई–हाजिरी सञ्चालनमा आएको छ। हालका लागि हस्तलिखित र विद्युतीय दुवै माध्यमबाट हाजिरी लिने व्यवस्था कायम रहे पनि केही समयपछि पूर्ण रूपमा विद्युतीय हाजिरी प्रणालीमा जाने तयारी गरिएको उनले जानकारी दिइन्।

यसअघि नै प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठकमा सांसदहरूको विद्युतीय हाजिरी सुरु भइसकेको थियो। त्यसका लागि सांसदहरूको बायोमेट्रिक विवरण संकलन गरिएको छ। अहिले संसद् बैठकमा सांसदहरूले हस्तलिखित र ई–हाजिरी दुवै गर्ने व्यवस्था छ।

सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको बैठकमा कुनै विषयमाथि मतदान हुँदा सांसदहरूले आफ्नै सिटबाट विद्युतीय प्रणालीमार्फत मतदान गर्न सक्ने व्यवस्था मिलाउने काम भइरहेको बताएका छन्। साउन १३ गते सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा भएको भेटमा उनले ई–पार्लामेन्ट अवधारणाअन्तर्गत संसद्को डिजिटल रूपान्तरणलाई तीव्रता दिइएको जानकारी दिएका थिए।

संसद् सचिवालयका अनुसार बायोमेट्रिकमा आधारित ई–हाजिरी प्रणाली लागू गर्नुको मुख्य उद्देश्य सांसदहरूको उपस्थितिलाई पारदर्शी बनाउनु र हाजिरी गरेर बैठकबाट अनुपस्थित हुने प्रवृत्तिलाई अन्त्य गर्नु हो। यस प्रणालीले संसद्को कार्यसम्पादनलाई थप प्रभावकारी, व्यवस्थित र उत्तरदायी बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

विदेशबाट फर्केर स्वदेशमै उद्यम, युवालाई प्रेरणा बन्दै श्रीमान तामाङ

रामेछापको पञ्चकन्या आधारभूत विद्यालयमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनको निर्णय कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोश

चौरिदेउरालीका समस्या समाधानमा सांसद चौलागाईको चासो, खानेपानीलाई उच्च प्राथमिकता

आज राति उठ्नुहोस् भो लि  सम्बन्धित निकाय सग समन्वय गर्दिन्छु भन्दा मानेनन् पीडित, सिंहदरबारको गेटमै धर्ना जारी

मिस नेपाल २०२६ मा सबैको ध्यान खिच्दै विभुषा बस्नेत, किन विशेष छिन् प्रतियोगी नम्बर १९?

मन्त्रि प्रतिभा रावल झापाको बुद्धशान्तीमा ५ परिवारलाई लालपुर्जा वितरण,५ अव्यवस्थित परिवारलाई लालपुर्जा वितरण


TOP