आइतबार , अषोज २५, २०८३
रास्वपाले श्रावण २५ गते देखि पार्टीको केन्द्रीय कार्यालयमा हामी सुन्छौँ अभियान सुरु गर्ने – Yuwa Daily

नागरिकका गुनासा, समस्या तथा सुझावलाई प्रत्यक्ष रूपमा सुन्ने र आवश्यक सहजीकरण गर्ने उद्देश्यका साथ पार्टीले आगामी श्रावण २५ गतेदेखि केन्द्रीय कार्यालय ‘घण्टीघर’ मा ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्ने भएको छ।

अभियानअन्तर्गत नागरिकहरूले आफ्ना समस्या, गुनासा तथा सुझाव प्रत्यक्ष रूपमा पार्टी नेतृत्वसमक्ष राख्न सक्नेछन्। प्राप्त सुझाव तथा गुनासाहरूलाई सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक सहजीकरण गर्ने व्यवस्था मिलाइनेछ।

अभियानलाई प्रभावकारी र निरन्तर सञ्चालन गर्न प्रत्येक दिन केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्यमध्ये दुईजनाको नियमित उपस्थिति रहने व्यवस्था गरिएको छ। साथै, हरेक दिन कम्तीमा एकजना प्रतिनिधिसभा सदस्यको अनिवार्य उपस्थिति सुनिश्चित गरिएको छ।

पार्टीले यस अभियानलाई नागरिकसँग प्रत्यक्ष संवाद, जनगुनासो सुनुवाइ तथा जनउत्तरदायी राजनीतिक अभ्यासलाई थप सुदृढ बनाउने महत्त्वपूर्ण पहलका रूपमा अघि बढाएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

ज्वाला संग्रौलाको यथार्थ अभिव्यक्ति विपक्षीलाई भारी

१

मार्तडीमा हिमालयन मस्क स्पोर्ट्स एकेडेमी सञ्चालनमा

२

सिंहदरबार प्रवेशमा नागरिकलाई सहज व्यवस्था गर्न सांसद ज्वाला संग्रौलाको माग

३

निर्माण व्यवसायी संघ काभ्रेको अध्यक्षमा अकुर प्रसाद गौतम सर्वसम्मत निर्वाचित

४

नयाँ पत्रिका कर्मि अयडी सिडिसी नेपालबाट सम्मानित

५

तीज : परम्परा मात्रै होइन, बदलिँदो समाजको ऐना पनि हो

६


TOP