आइतबार , अषोज २५, २०८३
पशुपति आर्यघाटमा दाहसंस्कार खर्च जुटाउन नसकेको घटना सदनमा उठ्यो, सांसद टीका संग्रौला (ज्वाला)को माग—गरिब नागरिकको अन्तिम संस्कार राज्यले सहज बनाओस् – Yuwa Daily

काठमाडौं — प्रतिनिधिसभाको आजको बैठकमा सांसद ज्वाला संग्रौलाले पशुपति आर्यघाटमा विपन्न नागरिकले आफ्ना आफन्तको दाहसंस्कार गर्नसमेत आर्थिक अभाव झेल्नुपरेको विषय उठाउनुभएको छ।

सदनमा बोल्दै सांसद संग्रौलाले भन्नुभयो, “आज बिहान पशुपति आर्यघाटमा आफ्ना आफन्तको लास दाहसंस्कार गर्ने पैसा नभएर एक विपन्न नागरिकले सहयोगको अपेक्षासहित मलाई फोन गर्नुभयो। त्यो फोनले मलाई निकै दुःखी बनायो,
उहाँले जीवनभर एउटा नागरिकले विभिन्न शीर्षकमा राज्यलाई कर तिर्दै आएको उल्लेख गर्दै मृत्युपछि हुने अन्तिम संस्कारलाई सम्मानजनक र सहज बनाउने जिम्मेवारी पनि राज्यको भएको बताउनुभयो।

“बाँचुन्जेल जीवनभर एउटा नागरिकले राज्यलाई कर तिरिरहेको हुन्छ। कम्तीमा उसको मृत्युपछि हुने अन्तिम यात्रालाई सम्मानजनक बनाउने जिम्मेवारी राज्यको हुनुपर्छ,” सांसद संग्रौलाले सदनमा भन्नुभयो।

उहाँले गरिब तथा विपन्न नागरिकका लागि पशुपति आर्यघाटलगायत स्थानमा कम्तीमा आवश्यक आधारभूत सामग्री निःशुल्क उपलब्ध गराउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो।

“कम्तीमा एक भारी दाउरा, एक शरीर ओगट्ने स्थान र एक काटी सलाई गरिब तथा विपन्न नागरिकहरूलाई निःशुल्क उपलब्ध गराउने व्यवस्था गरियोस्,” उहाँले माग गर्नुभयो।

सांसद संग्रौलाले राज्यले नागरिकबाट कर मात्र लिने नभई उनीहरूको दुःख, पीडा र अन्तिम यात्रामा समेत साथ दिनुपर्ने बताउनुभयो।

“आफ्ना नागरिकको अन्तिम यात्राप्रति राज्यले आफ्नो दायित्व पूरा गर्‍यो भने मात्र त्यो राज्य साँच्चै नागरिकमैत्री राज्यजस्तो हुन्छ,” उहाँले भन्नुभयो।
गरिब नागरिकको सम्मानजनक अन्त्येष्टि, सामाजिक सुरक्षा र राज्यको दायित्वबारे सदनमा बहसको विषय उठाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

ज्वाला संग्रौलाको यथार्थ अभिव्यक्ति विपक्षीलाई भारी

१

मार्तडीमा हिमालयन मस्क स्पोर्ट्स एकेडेमी सञ्चालनमा

२

सिंहदरबार प्रवेशमा नागरिकलाई सहज व्यवस्था गर्न सांसद ज्वाला संग्रौलाको माग

३

निर्माण व्यवसायी संघ काभ्रेको अध्यक्षमा अकुर प्रसाद गौतम सर्वसम्मत निर्वाचित

४

नयाँ पत्रिका कर्मि अयडी सिडिसी नेपालबाट सम्मानित

५

तीज : परम्परा मात्रै होइन, बदलिँदो समाजको ऐना पनि हो

६


TOP