आइतबार , साउन २४, २०८३
कांग्रेस केन्द्रीय समिति बैठक आज, महाधिवेशन र पार्टीभित्रको विवादमा छलफल हुने – Yuwa Daily

नेपाली कांग्रेसले आज आइतबार केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । कांग्रेसले आइतबार दिउँसो १ बजेका लागि सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बैठक बोलाएको हो ।

सभापति गगन थापाले केन्द्रीय कार्यसमिति बैठकबाट पछिल्लो समय पार्टीका सन्दर्भमा गर्नुपर्ने निर्णय गरिने बताएका छन् । उनका अनुसार बैठक केही दिनसम्म जारी रहने छ । ‘केन्द्रीय कार्यसमिति बैठकबाटै पछिल्लो समय पार्टीका सन्दर्भमा गर्नुपर्ने निर्णय गर्ने र दुई–तीनदिन बैठक चल्ने सभापति थापाले बताएका छन् । बैठक लगत्तै पार्टीको महाधिवेशन प्रक्रिया अगाडि बढ्ने छ ।
संस्थापन इतर समूहले २९ साउनका लागि राष्ट्रिय भेला बोलाएपछि कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक राखेर छलफल गर्ने तयारी गरेको हो । भेला अघि पार्टी एकताका लागि नेतृत्वबाट ठोस पहल नभए नयाँ दल घोषणासम्म हुने इतर समूहका नेताहरू बताउँदै आएका छन् ।

तर, सर्वोच्च अदालतले आधिकारिकतासम्बन्धी विवाद पुनरावलोकन गर्ने बाटो खोलेसँगै कांग्रेसमा तत्काल पार्टी विभाजन हुने सम्भावना कमजोर बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

विदेशबाट फर्केर स्वदेशमै उद्यम, युवालाई प्रेरणा बन्दै श्रीमान तामाङ

रामेछापको पञ्चकन्या आधारभूत विद्यालयमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनको निर्णय कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोश

चौरिदेउरालीका समस्या समाधानमा सांसद चौलागाईको चासो, खानेपानीलाई उच्च प्राथमिकता

श्रीमान तामाङको अभियानमा विष्णुमान तामाङ बचाऔँ अभियानलाई रु. ३,३५,३४८ सहयोग

आज राति उठ्नुहोस् भो लि  सम्बन्धित निकाय सग समन्वय गर्दिन्छु भन्दा मानेनन् पीडित, सिंहदरबारको गेटमै धर्ना जारी

म एउटा सांसदले समेत साइबर ब्यूरो धाइरहँदा मैले त न्याय पाइन भने दुर दराजका जनताले कसरी न्याय पाउला : ज्वाला संगौला


TOP