बिहिबार , भाद्र १८, २०८३
रसुवास्थित लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङ भित्र २ जनाको शव भेटिए – Yuwa Daily

रसुवास्थित लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङ भित्र २ जनाको शव भेटिएको छ ।आयोजनाका महाप्रबन्धक विजयमणि भट्टराईका अनुसार नेपाली सेनाको उद्धार टोलीले सुरुङभित्र खोजी तथा उद्धार गर्ने क्रममा आज ती शवहरू निकालेको हो । ती शवको पहिचान भने बाँकी रहेको उनले जानकारी दिए ।

सेनाको टोलीले सुरुङभित्र खोजउद्धार जारी राखेको र बेलुकासम्म शवको पहिचान खुल्न सक्ने सम्भावना रहेको भट्टराईले नेपाल प्रेससँग बताए ।उनले भने, ‘आयोजनामा बाढी आउनुअघि विद्युत प्रवाह बन्द भइसकेकाले धेरै कामदार पहिले नै बाहिर निस्किसकेको अनुमान गरिएको छ । सुरुङभित्र १५ जना जति कामदार रहेको प्रारम्भिक अनुमान गरिए पनि वास्तविक स्थिति भने खोजी कार्य सकिएपछि मात्र स्पष्ट हुनेछ ।’

आयोजनाका कुल ६० जना कर्मचारी तथा कामदारमध्ये १९ जना सम्पर्कमा आइसकेका छन् भने बाँकी ३९ जना अझै बेपत्ता रहेको आयोजना प्रशासनले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

ज्वाला संग्रौलाको यथार्थ अभिव्यक्ति विपक्षीलाई भारी

विदेशबाट फर्केर स्वदेशमै उद्यम, युवालाई प्रेरणा बन्दै श्रीमान तामाङ

श्रीमान तामाङको अभियानमा विष्णुमान तामाङ बचाऔँ अभियानलाई रु. ३,३५,३४८ सहयोग

पत्रकार किशोर श्रेष्ठप्रति सांसद ज्वाला सङ्ग्रौलाको कडा चेतावनी : आरोप र प्रचारको नाममा पत्रकारिताको मर्यादा नाघ्न नहुने धारणा

रामेछापको पञ्चकन्या आधारभूत विद्यालयमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनको निर्णय कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोश

चौरिदेउरालीका समस्या समाधानमा सांसद चौलागाईको चासो, खानेपानीलाई उच्च प्राथमिकता


TOP