शनिबार , कार्तिक ८, २०८३
४५ वर्षीय ओम प्रसाद गौतम सम्पर्कविहीन, खोजतलासका लागि सहयोगको अपिल – Yuwa Daily
काभ्रे । चौंरीदेउराली गाउँपालिका–६, काभ्रेका ४५ वर्षीय ओम प्रसाद गौतम (लुक) मिति २०८३ भदौ १७ गतेदेखि सम्पर्कविहीन भएका छन्।

परिवारका अनुसार गौतम काठमाडौंको जोरपाटी क्षेत्रबाट सम्पर्कविहीन भएका हुन्। उहाँको अवस्था हालसम्म अज्ञात रहेको र परिवार तथा आफन्तजनले खोजतलास गरिरहेका छन्।

गौतमलाई कसैले देख्नुभएको वा उहाँको अवस्थाबारे कुनै जानकारी प्राप्त गर्नुभएको भए तत्काल परिवारलाई वा नजिकैको प्रहरी कार्यालयमा जानकारी गराइदिन परिवारले अनुरोध गरेको छ।

गौतमको हुलिया तथा पहिचानका लागि सार्वजनिक गरिएको विवरणअनुसार उहाँले रातो रङको ‘हिरो ग्ल्यामर’ मोटरसाइकल प्रयोग गर्ने गरेका थिए। मोटरसाइकलको नम्बर बा १८ प २७८४ रहेको जनाइएको छ।

उहाँबारे कुनै जानकारी भए निम्न सम्पर्क नम्बरमा खबर गर्न अनुरोध गरिएको छ।

📞 ९८५११३०६२९
📞 ९८४००२०२१४

सम्पर्कविहीन गौतमको खोजी कार्यमा सहयोग गरिदिन परिवारले सबैमा हार्दिक अपिल गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

मार्तडीमा हिमालयन मस्क स्पोर्ट्स एकेडेमी सञ्चालनमा

१

निर्माण व्यवसायी संघ काभ्रेको अध्यक्षमा अकुर प्रसाद गौतम सर्वसम्मत निर्वाचित

२

तीज : परम्परा मात्रै होइन, बदलिँदो समाजको ऐना पनि हो

३

चौरीदेउराली–६ मा नयाँ बस्ती युवा समितिद्वारा भलिबल प्रतियोगिता आयोजना, प्रथम पुरस्कार १ लाख

४

४५ वर्षीय ओम प्रसाद गौतम सम्पर्कविहीन, खोजतलासका लागि सहयोगको अपिल

५

स्वास्थ्यमन्त्री निशा मेहता: आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहित बिदाको प्रस्ताव

६


TOP