आइतबार , भाद्र २१, २०८३
लायन्स क्लब अफ ड्रिम्सका भुवन भण्डारीद्वारा प्रधानमन्त्री दैवी प्रकोप कोषमा ५० हजार सहयोग – Yuwa Daily

काठमाडौं । लायन्स क्लब अफ ड्रिम्सका चार्टर प्रेसिडेन्ट भुवन भण्डारीले बाढी तथा विपद् प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० हजार रुपैयाँ सहयोग गरेका छन्।

भोटेकोशी क्षेत्रमा आएको बाढीपछि प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले भण्डारीले उक्त रकम राहत कोषमा प्रदान गरेका हुन्।

यसैगरी, भण्डारीले बाढीबाट प्रभावित किरणमान अधिकारीलाई व्यक्तिगत रूपमा ५ हजार रुपैयाँ आर्थिक सहयोगसमेत गरेका छन्। विपद्का समयमा पीडितलाई तत्काल राहत र सहयोग पुगोस् भन्ने उद्देश्यले व्यक्तिगत सहयोग गरिएको भण्डारीले बताए।

सामाजिक सेवामा सक्रिय लायन्स क्लब अफ ड्रिम्सले गत वर्ष मात्रै १२ पटक रक्तदान कार्यक्रम आयोजना गरेको थियो। साथै, विभिन्न संघ–संस्थासँगको सहकार्यमा क्लबले कुल २५ वटा रक्तदान कार्यक्रम सम्पन्न गरेको जनाएको छ।

क्लबले यस वर्ष पनि रक्तदानलगायत विभिन्न सामाजिक तथा मानवीय सेवामूलक कार्यक्रमलाई निरन्तरता दिइरहेको जनाएको छ। विपद्का समयमा राहत तथा सहयोगका कार्यक्रमलाई समेत प्राथमिकताका साथ अघि बढाउने क्लबको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

ज्वाला संग्रौलाको यथार्थ अभिव्यक्ति विपक्षीलाई भारी

रामेछापको पञ्चकन्या आधारभूत विद्यालयमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनको निर्णय कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोश

विदेशबाट फर्केर स्वदेशमै उद्यम, युवालाई प्रेरणा बन्दै श्रीमान तामाङ

श्रीमान तामाङको अभियानमा विष्णुमान तामाङ बचाऔँ अभियानलाई रु. ३,३५,३४८ सहयोग

पत्रकार किशोर श्रेष्ठप्रति सांसद ज्वाला सङ्ग्रौलाको कडा चेतावनी : आरोप र प्रचारको नाममा पत्रकारिताको मर्यादा नाघ्न नहुने धारणा

चौरिदेउरालीका समस्या समाधानमा सांसद चौलागाईको चासो, खानेपानीलाई उच्च प्राथमिकता


TOP