आइतबार , भाद्र २१, २०८३
निर्माण व्यवसायी संघ काभ्रेको अध्यक्ष पदमा चौरीदेउराली–६ का अकुर प्रसाद गौतमको उम्मेदवारी – Yuwa Daily

काभ्रेपलाञ्चोक । निर्माण व्यवसायी संघ, काभ्रेपलाञ्चोकको १५औँ साधारण सभा तथा ८औँ अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि प्रक्रिया अघि बढेसँगै अध्यक्ष पदमा चौरीदेउराली गाउँपालिका–६ का अकुर प्रसाद गौतमले उम्मेदवारी दिनुभएको छ।
निर्माण व्यवसायको क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै विभिन्न निर्माणसम्बन्धी काम तथा व्यवसायिक अनुभव हासिल गर्दै आउनुभएका गौतमले संघको नेतृत्वका लागि अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको हो। निर्माण व्यवसायीहरूको हकहित, व्यवसायिक एकता, पारदर्शिता तथा निर्माण क्षेत्रको व्यवस्थित विकासका लागि आफ्नो अनुभवलाई नेतृत्वमा उपयोग गर्ने उद्देश्यका साथ उहाँले उम्मेदवारी दिनुभएको बताउनु भएको छ

निर्माण व्यवसायी संघ काभ्रेपलाञ्चोकको निर्वाचन प्रक्रियाअन्तर्गत प्रकाशित उम्मेदवारको पहिलो नामावलीमा अध्यक्ष पदका लागि अकुरप्रसाद गौतमको नाम समावेश गरिएको छ। संघको नेतृत्व चयनमा सर्वसम्मतिको भावना र आपसी सहमतिलाई प्राथमिकता दिँदै अघि बढ्ने प्रयास भइरहेका बेला गौतमको उम्मेदवारीलाई पनि महत्वका साथ हेरिएको छ।

लामो समयदेखि निर्माण व्यवसायमा आबद्ध रहँदै आउनुभएका गौतमले निर्माण क्षेत्रका व्यावहारिक समस्या, व्यवसायीले भोग्दै आएका चुनौती तथा राज्यका सम्बन्धित निकायसँगको समन्वयलाई नजिकबाट बुझ्दै आउनुभएको छ। उहाँले आफ्नो अनुभव र व्यवसायीहरूसँगको सहकार्यलाई आधार बनाएर संघलाई थप प्रभावकारी र व्यवसायीमैत्री संस्थाका रूपमा अघि बढाउने लक्ष्य राख्नुभएको छ।सर्वसम्मतिमा अकुर गौतम नै चयन हुन भन्ने पनि नेतृत्त्वले आकलन गरेको छ ।

 

निर्माण व्यवसाय क्षेत्रमा पछिल्लो समय देखिएका विविध समस्या, निर्माण कार्यमा हुने ढिलाइ, भुक्तानी प्रक्रिया, व्यवसायीले सामना गर्नुपर्ने प्रशासनिक तथा नीतिगत जटिलता लगायतका विषयमा संघले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता रहेको व्यवसायीहरूको धारणा छ। यस्तो अवस्थामा अनुभवी व्यवसायीको नेतृत्वले संघलाई थप सशक्त बनाउन सक्ने अपेक्षा गरिएको छ।

 

निर्माण व्यवसायी संघ काभ्रेपलाञ्चोकको नेतृत्वका लागि अकुरप्रसाद गौतमको उम्मेदवारीले जिल्लाका निर्माण व्यवसायीबीच नयाँ नेतृत्व र व्यवसायिक एकताको बहसलाई समेत थप अघि बढाएको छ। आगामी अधिवेशनबाट संघले नयाँ नेतृत्व चयन गर्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

ज्वाला संग्रौलाको यथार्थ अभिव्यक्ति विपक्षीलाई भारी

रामेछापको पञ्चकन्या आधारभूत विद्यालयमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनको निर्णय कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोश

विदेशबाट फर्केर स्वदेशमै उद्यम, युवालाई प्रेरणा बन्दै श्रीमान तामाङ

श्रीमान तामाङको अभियानमा विष्णुमान तामाङ बचाऔँ अभियानलाई रु. ३,३५,३४८ सहयोग

पत्रकार किशोर श्रेष्ठप्रति सांसद ज्वाला सङ्ग्रौलाको कडा चेतावनी : आरोप र प्रचारको नाममा पत्रकारिताको मर्यादा नाघ्न नहुने धारणा

चौरिदेउरालीका समस्या समाधानमा सांसद चौलागाईको चासो, खानेपानीलाई उच्च प्राथमिकता


TOP